आज मिति २०८२ वैशाख १५ गते सोमबारका दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाको आयोजनामा वि. सं. २०८२ साल नयाँ वर्षको शुभकामना आदानप्रदान तथा डायरी बिमोचन कार्यक्रम सम्पन्न भयो ।
ब्लोदान काठमाडौं जिल्ला शाखाका अध्यक्ष तिलक बहादुर अधिकारीको सभापतित्व तथा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथि ब्लोदानका निवर्तमान केन्द्रीय अध्यक्ष, वरिष्ठ सल्लाहकार एवं ब्लोदान काठमाडौं जिल्लाका संस्थापक अध्यक्ष ई. सानु बाबु प्रजापति र अतिथिहरुमा ब्लोदान केन्द्रीय सदस्य एवं ब्लोदान काठमाडौं जिल्ला शाखाका पुर्व अध्यक्ष जनक कुमार खड्का तथा पेशागत महासंघका अध्यक्ष एवं सल्लाहकार पुण्यप्रसाद ढकाल हुनुहुन्थ्यो ।
ब्लोदानका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, ब्लोदान जिल्ला शाखा, क्षेत्रीय तथा नगर समितिका पदाधिकारी एवं सदस्यहरु, सल्लाहकारहरु एवं संघसंस्थाका प्रतिनिधिहरु उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख अतिथिले डायरी विमोचन गर्दै आज विमोचित डायरीले रगत व्यवस्थापनमा महत्वपूर्ण सहयोग पु¥याउने बताउनु भयो । साथै रक्तदान कार्यक्रमलाई सक्रियरुपमा अगाडि बढाउन विभिन्न संस्थाहरुसंग समन्वय गर्दै अगाडि बढाउने बताउनु भयो । यसको लागि ब्लोदानका जिल्ला, नगर, क्षेत्रीय कार्यसमितिहरुले पु¥याएको योगदानको लागि धन्यवाद दिनुभयो । साथै नजिक आइरहेको विश्व रक्तदाता दिवस २०२५ सबै मिलेर भव्यरुपमा मनाउनु पर्ने पनि बताउनु भयो ।
सोहि अवसरमा बोल्नु हुंदै विशेष अतिथि ई. सानु बाबु प्रजापतिले ब्लोदानले आफ्नो स्थापनाकालदेखि स्वयंसेवी रक्तदान अभियानमा लाग्दै आइरहेको बताउनु हुँदै २०७२ सालको विनाशकारी महाभूकम्प र २०७६ साल देखि शुरुभएको कोभिडको समयमा अझ सक्रिय भएर लागेको बताउनु भयो । आगामी दिनहरुमा ब्लोदानका सबै तहका पदाधिकारीहरु तथा सदस्यहरुले विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु तथा सरोकार निकायहरुसंग समन्वय गर्दै यस कार्यलाई अगाडि बढाउनु पर्ने बताउनु हुँदै नयाँ वर्ष २०८२ को शुभकामना दिनुका साथै डायरी प्रकाशनको लागि बधाई दिनुभयो ।
नियमित रक्तदाता राधा कडारियाले अहिले आएर रक्तदान तथा ब्लोदानको महत्व राम्ररी बुझेको बताउनु भयो । अब देखि यस क्षेत्रमा आफु पनि सक्रिय रुपमा लाग्ने र अरुलाई पनि उत्प्रेरित गर्ने प्रतिबद्धता जनाउनु हुँदै रक्तदानको महत्व जसलाई पर्छ त्यसले बुझ्ने बताउनु भयो ।
त्यस्तै अतिथि पेशागत महासंघका अध्यक्ष तथा ब्लोदान काठमाडौं जिल्ला शाखाका सल्लाहकार पुण्यप्रसाद ढकालले रगत व्यवस्थापनमा यस डायरीको महत्वपूर्ण भूमिका रहने र अहिलेको अवस्थामा पनि रक्तदान सम्बन्धी जनचेतना कमी भएको महशुस भएको बताउँदै ब्लोदान अझ सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो ।
ब्लोदान काठमाडौं जिल्ला शाखाका उपाध्यक्ष केशब श्रेष्ठले संचालन गर्नुभएको सो कार्यक्रममा समापति तथा ब्लोदान काठमाडौं जिल्लाका अध्यक्ष तिलक बहादुर अधिकारीले स्वागत मन्तव्य तथा कार्यक्रमबारे प्रकाश पार्ने क्रममा उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीहरुको लागि रगत व्यवस्थापनमा सहजता ल्याउने कार्यमा निरन्तर लागिरहेको र यो अत्यन्त मानवीय पुण्य कार्य भएकोले सबैजना निःस्वार्थ भावले लाग्नु पर्ने बताउनु भयो । त्यसको लागि यो डायरीले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्तमा प्रमुख अतिथि, विशेष अतिथि, अतिथि एवं सहभागी सबैलाई धन्यवाद दिंदै ब्लोदान काठमाडौं जिल्ला शाखाका सचिव कृष्णप्रसाद मानन्धरले डायरी प्रकाशनमा आवश्यक सहयोग पु¥याउनु हुने सम्पूर्ण महानुभावहरु एवं सम्पादन मण्डललाई धन्यवाद दिंदै यसमा कुनै कमी कमजोरी भए अर्काे प्रकाशनमा सुधार गर्दै लाने बताउनु भयो ।
सो डायरी प्रकाशन समितिमा ब्लोदान काठमाडौं जिल्ला शाखाका अध्यक्ष तिलक बहादुर अधिकारी, उपाध्यक्ष केशब श्रेष्ठ, सचिव कृष्णप्रसाद मानन्धर, का. वा. कोषाध्यक्ष चेतनाथ काफ्ले तथा ब्लोदानका निवर्तमान केन्द्रीय अध्यक्ष, वरिष्ठ सल्लाहकार एवं ब्लोदान काठमाडौं जिल्लाका संस्थापक अध्यक्ष ई. सानु बाबु प्रजापति रहनु भएको छ ।