ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) को २८औं वार्षिक साधारणसभा सम्पन्न ————————————————————- काठमाडौ भाद्र १४ । रक्तदानलाई नियमित जीवनशैलीमा बदल्दै सुरक्षित रगत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता सहित ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) को २८औं वार्षिक साधारणसभा काठमाडौंको खुसिबुँ स्थित नेपाः ब्याङ्क्वेटमा शनिबार सम्पन्न भएको छ । साधारणसभामा उदघाटन तथा बन्द सत्रगरी दुईसत्रमा सञ्चालन भएको थियो […]
यहि २०८२ भाद्र १४ गते शनिबारका दिन हुने ब्लड डाेनर्स एशाेसिएशन नेपाल (ब्लाेदान) काे २८ अाैं साधारण सभा हुन गइरहेकाे जानकारी गराउँदै उपस्थतिकाे लागि सम्बन्धित सबैमा हार्दिक अनुराेध छ । कार्यक्रम ः मिति ः २०८२ भाद्र १४ गते शनिबार समय ः विहान १०ः३० बजे स्थान ः नेपाः वेंक्वेट, खुसिबुँ
मिति २०८२ साल श्रावण २५ गतेकाे साधारण सभाबाट सचिव संगीता शर्माले पेश गर्नु भएको कार्य प्रगती विवरण सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजना र कोषाध्यक्ष रामहरी फुयालले पेश गर्नु भएको आय व्यय विवरण र अध्यक्ष रवि रिमालले पेश गर्नु भएको आगामी कार्ययोजना अन्तर्गत जनचेतनामुलक कार्यक्रमका लागी आवस्यक बजेट सहित खाका पारित गरीनु का साथै रवि रिमालको संयोजकत्वमा उपाध्यक्ष माधव कुमार खड्का सचिव संगीता शर्मा सहित गठीत ३ सदस्यीय विधान मस्यौदा समितिले तयार पारिएको विधान पारीत गरी
१४ जुन २०२४ विश्व रक्तदाता दिवसको उपलक्षमा ब्लड डोनर्स ऐशोशिएशन नेपाल (ब्लोदान) केन्द्र काठमाडौ, ललितपुर महानगरपालिका २८,२९ हरिसिद्धि र समाधान समाजको आह्वानमा २०८१/२/२६ गते शनिबारका दिन रक्तदान कार्यक्रम सम्पन्न भयो ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापती लगायत पदाधीकारीहरु उपस्थीत रहेको सो कार्यक्रमबाट अग्निस रन्जितको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गर्ने निर्णय गरेको हो ।
र्याली १२:३० बजे सुन्दरीजल स्थित विपी काेइराला संग्राहलयमा पुगे पश्चात संजय वस्नेत सभापतित्वमा सम्पन्न भएको थियाे । जसमा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालीकाका प्रमुख र
विपी संग्राहलयका संस्थापक परशुराम पोखरेल लगायतको उपस्थितीमा समापन गरीएको थियो ।
जानकारी अनुसार जेठ २६ गते देखि ३१ गते सम्म रक्तदान लगायत रक्त तत्व सम्बन्धी विभिन्न कार्यक्रम गर्ने संस्थाहरुलाइ, सहयोगदाताहरुलाइ जेठ ३२ गते शुक्रबार समापन कार्यक्रमबाट सम्मान समेत गरीने बताइएको छ ।
ब्लड डोनर्स एशोसियशन नेपाल (ब्लोदान) ले सन २००४ देखि निरन्तर रुपमा मनाउदै आएको विश्व रक्तदाता दिवस भव्यताका साथ मनाउने भएको छ । हरेक वर्ष जुन १४ तारिखका दिन मनाउदै आएको यस दिवस साताव्यापी कार्यक्रम गरी यो वर्ष जेठ ३२ गते समापन गर्ने निर्णय गरेको छ ।
मिति २०८१ बैशाख १५ गते । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) गोकर्णेश्वर नगर समिति को आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नँ ५ को सहकार्यमा वडा कार्यालयको सभा हलमा आयोजित रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । उल्लेख्य महानुभावहरुको उपस्थिति मा रक्तदाता उत्प्रेरणा कार्यक्रम गोकर्णेश्वर ब्लोदान का अध्यक्ष सञ्जय पोखरेल को सभापतित्वमा नगरपालिकाका प्रवक्ता तथा वडा […]
वि.सं. २०४४ भाद्र ४ गते विशालबजारमा पहिलोपटक रक्तदान गर्नु भएका स्व. मैनालीले मिति २०८० माघ २१ गते प्रादेशिक अस्पताल भरतपुरमा २०६औ पटक रक्तदान गर्नुभएको थियो ।