ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) मकवानपुर जिल्ला शाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम


मिति २०८२ वैशाख १८ गते बिहिबारका दिन अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) मकवानपुर जिल्ला शाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हेटौंडाको बुद्धचोकमा सम्पन्न भयाे । सो रक्तदान कार्यक्रममा अध्यक्ष जोशी लगायत २३ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको ब्लोदान मकवानपुर जिल्ला शाखाका अध्यक्ष कपिला जोशीले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवा, हेटौंडाको प्राविधिक सहयोगमा भएको सो रक्तदान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. २ को विशेष सहयोग रहेको जनाएको छ ।
सो कार्यक्रममा रक्तदान गर्नु हुने सम्पूर्ण स्वयंसेवी रक्तदाताहरु, आयोजक ब्लोदान मकवानपुर जिल्ला शाखा परिवार, प्राविधिक टोलीका सदस्यहरु, हेटौंडा उपमहानगरपालिका वडा नं. २ परिवार लगायत अन्य सहयोगीहरुमा ब्लोदान परिवारले हार्दिक धन्यवाद दिएको छ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीया धार्मिक प्रवचन ज्याझ्व:स ब्वति कया बिज्यायेत/दिइत इनाप