वडास्तरिय उत्प्रेरणामूलक कार्यक्रम २७ वडामा सम्पन्न


२०७८ चैत्र ११ गते । काठमाडौं महानगरपालिकाको सहयोगमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को आयोजनामा तथा कामपा २७ वडाको समन्वयमा रगत तथा रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा कामपा २७ वडाका अध्यक्ष चिनियामान बज्राचार्य, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र के. सी., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक तुलाधर, कामपा २७ वडा सदस्य उर्मिला महर्जन, नेरेसो केन्द्रीय रक्तसंचार सेवाका जनसम्पर्क अधिकृत राम श्रेष्ठ लगायत ब्लोदानका केन्द्र, जिल्ला तथा क्षेत्रीय प्रतिनिधि, संघसंस्थाहरु तथा विद्यालयका विद्यार्थीभाई बहिनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

उत्प्रेरणा तथा अन्तरक्रिया उपसमितिका संयोजक उज्वल के. सी.ले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वडा अध्यक्ष बज्राचार्यले रक्तदान जस्तो मानवीय कार्यमा काठमाडौं महानगरपालिकाले गरेको सहयोग स¥हाहनीय रहेको बताउनु हुंदै यस कार्यमा सहयोग रहने बताउनु भयो । विद्यालयका प्रधानाध्यापक सुरेन्द्र के. सी.ले रक्तदान जीवनदान नारामा मात्र होइन व्यवहारमा समेत लागु गर्नुपर्ने बताउनु हुँदै हामीले दिएको रगतले नैं कसैको जीवन बचाउन सहयोग पुग्न जाने हुँदा सबैले रक्तदान गर्नुपर्ने बताउनु भयो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक तुलाधरले पनि यस्तो मानवीय कार्यमा निरन्तररुपमा लाग्नुपर्ने बताउनु भयो ।

सो कार्यक्रममा केन्द्रीय रक्तसंचार सेवाका जनसम्पर्क अधिकृत राम श्रेष्ठले रगतको प्राविधिक पक्षबारे प्रस्तुत गर्नुभएको थियो भने ब्लोदानका केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जनले रक्तदान सम्बन्धी जनचेतनामूलक तथा उत्प्रेरणामूलक विषयवस्तु बारे प्रस्तुत गर्नुभएको थियो । ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिले ब्लोदानको स्थापना र यसको उद्देश्य तथा कार्यबारे प्रकाश पार्दै सबै योग्य व्यक्तिले नियमित रक्तदान गरेमा देशमा विरामीको लागि आवश्यक रगत सहज व्यवस्थापनमा दुइमत नहुने बताउनु भयो ।

कार्यक्रम संचालन ब्लोदानका केन्द्रीय सदस्य तथा उत्प्ररेरणा तथा अन्तरक्रिया उपसमितिका सह–संयोजक बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।

सम्बन्धीत समाचारहरू

वडा स्तरीय उत्प्रेरणा कार्यक्रम” कामपा २३ वडामा सम्पन्न
काठमाडौं महानगरपालिकाको सहयोगमा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय कक्षा