श्वेता श्री फाउण्डेसनको आयोजनामा रक्तदान हूँदै


२०७८ साल पौष १७ गते शनिवार विहान नौ बजे देखी किर्तिपुर नया बजारमा स्वेता श्री फाउण्डेसनको आयोजनामा खुल्ला बृहद रक्तदान कार्यक्रमको आयोजना गरीएकाे छ।

विगत केही समय अघि देखि यस फाउण्डेसनले नियमित रुपमा रक्ददान जीवनदानको नारा लिइ विभिन्न स्थानहरुमा यूवाहरुलाइ रक्तदानको महत्वका बारेमा जनचेतना अभिवृध्दि गराउदै स्थानिय संघ संस्था तथा रक्त संचार केन्द्रको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

भाेली हुने रक्तदान कार्यक्रममा किर्तिपुर उद्योग बाणीज्य महासंघ र ब्लोदान किर्तिपुर समितीले संयोजन गरेका छन भने फाउण्डेसनले स्वयंसेवी रक्तदाताहरूलाइ रक्तदान गर्न आह्वान गरेकाे छ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू