सिन्धुपाल्चोक जिल्ला चौतारा सांगाचोकगढी नगरपालिका स्थित चौतारा अस्पतालमा रक्तसंचार सेवा शुरु


विश्व रेडक्रस दिवसको अवसर पारेर आज २०८२ वैशाख २४ गते बुधबारबाट सिन्धुपाल्चोक जिल्ला चौतारा सांगाचोकगढी नगरपालिका स्थित चौतारा अस्पतालमा रक्तसंचार सेवा शुरु भएको छ ।
यो सेवा संचालनबाट चौताराबासीहरु लगायत सिन्धुपाल्चोक जिल्लाबासीहरुमा समेत रगत व्यवस्थापनमा सहजता आउनेमा विश्वास लिन सकिन्छ ।
नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोक जिल्ला शाखा, चौतारा अस्पताल तथा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) सिन्धुपाल्चोक जिल्ला शाखाको सहकार्यमा आज सो रक्तसञ्चार सेवा केन्द्रको उद्घाटन गरिएको हो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीया धार्मिक प्रवचन ज्याझ्व:स ब्वति कया बिज्यायेत/दिइत इनाप