२०७८ माघ १० गते सोमबारका दिन कुलनारायण डंगोल तथा स्व. मय्जु डंगोलको सम्झनामा ब्लोदान जिल्ला शाखा सदस्य ज्ञानीहेरा डंगोल परिवार द्वारा आयोजीत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आफ्नै निवास इनाखा, माक:गल्लिमा संचालन गरीएको रक्तदानमा ब्लोदान केन्द्र लगायत जिल्ला शाखाको आवस्यक सहयोग रहनुका साथै केन्द्र लगायत जिल्लाका पदाधीकारीहरूको उपस्थीती रहेको थियो भने प्राविधीक सहयोग परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल रक्तसञ्चार सेवाको रहेको थियो । यस रक्तदानमा २३ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गर्नुभएको थियो भने रक्तदाताहरूलाइ प्रमाणपत्र द्वारा सम्मान समेत गरीएको थियो ।
कोरोनाका कारण रगत संकलनमा कमी भै रगत आवश्यक पर्ने विरामीहरूको लागि रगत व्यवस्थापनमा केहिमात्रामा भए पनि सहजता ल्याउने उद्देश्यले आफ्नो स्वर्गीय सासु र ससुराको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गर्न पाउँदा अत्यन्तै आनन्द लागेको बताउंदै स्वर्गीय आफन्तहरूको सम्झनामा रक्तदान गरेर विरामीहरूको उपचारमा सहयोग पुर्याउनु पनि एक पुण्यको काम भएको बताउनु भयो ।
सो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न रक्तदान गर्नुहुने सबै रक्तदाता महानुभावहरू, सहयोग गर्नुहुने फसिगाँ भौमचा पुच: (बुहारी समूह) का साथीहरू, प्राविधिक सहयोग प्रदान गर्ने परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल रक्तसञ्चार सेवा, ब्लोदान केन्द्र, काठमाडौं जिल्ला एवं काठमाडौं जिल्ला मध्य क्षेत्रका स्वयंसेवी पदाधिकारी एवं सदस्य साथीहरू लगायत सबैमा धन्यवाद दिनुभयो ।