ब्लोदानका संस्थापक स्व. मैनालीको सम्झनामा श्रद्धाञ्जली सभा


मिति २०८० फागुन १२ गते शनिबारका दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले ब्लोदानका संस्थापक एवं विश्व रक्तदाता स्व. अर्जुनप्रसाद मैनालीको १३औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरियो ।

काठमाडौं घट्टेकुलो अनामनगर –२९ स्थित एशियन पब्लिक स्कूल प्राङ्गणमा ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको हाे । सो सभामा स्व. मैनालीको आमा तथा बहिनीको उपस्थिति रहनुका साथैै स्थानीय व्यक्तित्व तथा ब्लोदानका विभिन्न तहका पदाधिकारीहरु एवं शुभचिन्तकहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमको शुरुमा स्व. मैनालीको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनाधारण गरिएको थियो भने उपस्थित सबैले स्व. मैनालीको तस्वीरमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

सो सभामा बोल्दै अध्यक्ष प्रजापतिले जनचेतनाको कमीको कारण आफ्नै विरामीको लागि पनि रगत दिन डराउने समय वि.सं. २०४६ मा स्थापना गरिएको यस ब्लाेदानका संस्थापक सदस्य स्व. मैनालीले विश्वका ६ वटा महादेशमा २० वटा देशमा पुगेर २०६ पटक रक्तदान गर्नुका साथै रक्तदान सम्बन्धी उत्प्रेरणा गर्दै स्वयंसेवी रक्तदाता अभिवृद्धि गर्ने कार्यमा सहयोग समेत गर्दै आइरहनु भएको बताउनु हुंदै स्वयंसेवी रक्तदानको क्षेत्रमा उहाँको योगदानको बारेमा प्रकाश पार्नुभएको थियो । अन्य वक्ताहरुले पनि स्व. मैनालीको योगदान बारे बताउनु भयो ।

वि.सं. २०४४ भाद्र ४ गते विशालबजारमा पहिलोपटक रक्तदान गर्नु भएका स्व. मैनालीले मिति २०८० माघ २१ गते प्रादेशिक अस्पताल भरतपुरमा २०६औ पटक रक्तदान गर्नुभएको थियो ।

वि.सं २०२५ साल असार ७ गते जन्मनु भएका मैनालीको गत २०८० माघ २९ गते सोमबारका दिन असामयिक स्वर्गारोहण भएको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू