१३औ स्थापना दिवस तथा ७औ साधारणसभा सम्पन्न


ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) काठमाण्डौं जिल्ला शाखाले आफ्नो १३ औ स्थापना दिवस तथा ७ औ साधारण सभा सम्राट पार्टी प्यालेस नयाबजार काठमाडौंमा हिजो (२०७९ असोज २ गते आईतवार) एक समारोहका विच सम्पन्न गरेको छ ।

काठमाण्डौ जिल्लाशाखाका अध्यक्ष श्री जनक कुमार खडकाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । 

सातौ साधारण सभाका प्रमुख अतिथि माननिय मन्त्री युवा तथा खेलकुद बागमती प्रदेश रत्न प्रसाद ढकाल रहनु भएको थियो भने विशेष अतिथी संस्थापक अध्यक्ष तथा बर्तमान केन्द्रिय अध्यक्ष ई.सानुबाबु प्रजापति केन्द्रिय रक्त संचार सेवाका निर्देशक दिव्यराज पौडेल, शकुन्तला राज भण्डारी संविधान सभा सदस्य २०७०, अतिथीहरुमा परोपकार प्रशुती गृह रक्त संचार सेवा प्रमुख परशुराम दाहाल, केन्द्रिय सल्लाहकार राजेन्द्र कुमार श्रेष्ठ का साथै केन्द्रिय पदाधीकारीहरु लगायत अन्य रगत सम्बन्धी विज्ञ तथा विशेष व्यक्तिहरुको रहेको थियो ।

निर्धारित समय भन्दा अलि ढिला सुरु भएको साधारण सभा दिनको ३ बजे सम्म चलेको थियो ।

२०६७ साल असोज २ गते ई.सानुबाबु प्रजापतिको अध्यक्षतामा (ब्लोदान) काठमाण्डौं जिल्ला शाखाको २७ सदस्यीय कार्य समिती गठन भएको थियो । यस अघि पाँचौ अधिवेसन तथा छैठौ साधारण सभा सम्पन्न गरी सकेको (ब्लोदान) काठमाण्डौं जिल्ला शाखाले आफ्ना मातहतमा विभिन्न क्षेत्रीय समिति तथा नगर समितीहरु गठन गरी ब्लोदानको उद्देश्य अनुसार रक्त तत्व सम्बन्धी विभिन्न जनचेतना मुलक कार्यक्रमका साथै रक्तदानका कार्यक्रमहरु गर्दै आइ रहेको छ ।

यस वर्ष काठमाण्डौ जिल्ला शाखाले आफ्नो स्थापनाकालका संस्थापक पदाधीकारी हरु सबैलाइ सम्मान गरेको थियो भने । प्रत्येक अधिवेशन बाट निर्वाचित अध्यक्षहरुलाइ समेत सम्मान गरेको गर्नुका साथै यस वर्ष ब्लोदान किर्तिपुर नगर समितिलाइ उत्कृष्ठ घोसीत गरी सम्मान समेत गरेको थियो ।

प्रमुख अतिथि माननिय मन्त्री युवा तथा खेलकुद बागमती प्रदेश रत्न प्रसाद ढकाल लाइ साधारण सभाका सभापति एवं काठमाण्डौ जिल्ला शाखाका अध्यक्ष जनक कुमार खड्काले मायाको चिनो सभापतिद्वारा प्रदान गर्नु भएको थियो ।

सम्मानित हुनु हुने व्यक्ती तथा संस्थाहरुको विवरण

फोटोहरुको लागी यहा क्लीक गर्नु होला

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू