ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को २३औं साधारण सभा तथा सम्मान कार्यक्रम


ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को २३औं साधारण सभा तथा सम्मान कार्यक्रम ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्व तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यज्यूको प्रमुख आतिथ्यतामा काठमाडौंमा सम्पन्न भयो । पूर्व संचार मन्त्री मोहनकुमार बस्नेत विशेष अतिथि रहनु भएको सो सभाका अन्य अतिथिहरुमा नेपाल रेडक्रस सोसाइटि केन्द्रीय रक्तसंचार सेवाका निर्देशक दिव्यराज पौडेल, ब्लोदानका संस्थापकहरु, ब्लोदान जिल्ला शाखाका अध्यक्षहरुका साथै ब्लोदानका वरिष्ठ सल्लाहकार तथा सल्लाहकारहरु लगायत हुनुहुन्थ्यो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर विद्यासुन्दर शाक्यले रगत तथा रक्तदानको महत्व बारे प्रकास पार्नुहुँदै कुनै समय रगत किनबेच हुने गरेको अनुभव सुनाउनु भयो । त्यसबेला स्व. शरद कसाःले ब्लोदान स्थापना गर्दा आफुलाई पनि यस संस्थामा सहभागी हुन अनुरोध गरेको सम्झनु हुँदै विगतमा आफ्नै परिवारको लागि समेत सकेसम्म रगत नदिने र आवश्यक रगत किनेर चढाउने सस्मरण गराउनु भयो । रक्तदान भनेको बैंकमा पैसा जम्मा गरेजस्तो आफुलाई चाहिने बेलामा पाउनको लागि होइन कहिले पनि फिर्ता लिन नपरोस् भन्ने कामना गर्दै दान गर्नुपर्ने बताउनु भयो । सकेसम्म कसैलाई रगत आवश्यक नपरोस् कथंकदाचित चाहिहालेमा सुलभ तरिकाले उपलब्ध हुने वातावरण बनाउने कार्यमा महानगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु हुँदै कार्यक्रमको सफलताको कामना गर्नुभयो ।


त्यस्तै नेरेसो केन्द्रीय रक्तसंचार सेवाका निर्देशक दिव्यराज पौडेलले सुलभ तरिकाले गुणस्तर रगत पाउनु पर्ने र त्यसको लागि रगत संकलनमा पनि वृद्धि हुनु पर्ने बताउनु हुँदै सेवाको गुणस्तरमा पनि उत्तिकै जोड दिनुपर्ने बताउनु भयो ।
सोहि कार्यक्रममा बोल्दै पूर्व मन्त्री मोहनकुमार बस्नेतले रक्तदान एक पुण्य कार्य भएको र सो काममा सबै निःश्वार्थ भावनामा लाग्नु पर्ने बताउनु हुँदै धेरै पहिले देखि नै रक्तदान कार्यक्रमलाई अगाडि बढाउँदै आइरहेको बताउनु भयो । साथै ब्लोदानको कार्य संचालनको लागि रु. २५,०००÷– सहयोग गर्ने बताउनु भयो ।


सभापतिको आशनबाट बोल्दै कार्यक्रमका सभापति ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिले विगत तीन दशक देखि स्वयंसेवी रक्तदानको क्षेत्रमा निरन्तर रुपमा लागिरहेको संस्थाले विभिन्न चुनौतीको वावजुद पनि यहाँसम्म आइपुगेको बताउंदै भयो । ब्लोदानले गर्दै आइरहेको हरेक कार्य स्वयंसेवी रक्तदान अभियान प्रवद्र्धन हुने खालको रहेको बताउनु भयो । साथै ब्लोदानले स्वयंसेवी रक्तदानको क्षेत्रमा सरोकारवालाहरुसंग समन्वय गर्दै अगाडि बढ्दै उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई सहजरुपमा रगत उपलब्ध गराउने कार्यमा सक्रिय भएर लागिरहेको बताउनु भयो । सोहि अनुसार विश्वभर फैलिएको कोराना महामारीमा नियमित उपचार तथा अन्य आकस्मिकरुपमा रगत आवश्यक पर्ने विरामीहरुको लागि सहजरुपमा व्यवस्थापन गर्नको लागि ब्लोदानको आह्वानमा दुइ चरणमा कोभिड–१९ आकस्मिक रक्तदान कार्यक्रम संचालनमा ल्याएको बताउनु भयो र त्यस अन्तर्गत कोभिड–१९ आकस्मिक रक्तदान कार्यक्रम गरी सहयोग पु¥याउने संघसंस्थाहरुलाई धन्यवाद दिनुभयो ।


मन्तव्यकै क्रममा ब्लोदानका संस्थापक तथा वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठले ब्लोदान स्थापना गर्नुको उद्देश्यबारे बताउुन हुँदै रक्तसंचार सेवाले ब्लोदानसंग समन्वय गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । साथै भृकुटिमण्डपमा हाल बन्दै गरेको केन्द्रीय रक्तसंचार सेवा भवनमा दैनिक कार्य संचालनको लागि ब्लोदानको लागि छुट्टै एउटा कोठाको व्यवस्था गरिनु पर्ने पनि बताउनु भयो ।
सो कार्यक्रममा ब्लोदान अफ दि इयरबाट ब्लोदानका केन्द्रीय सचिव उज्वल के.सी., ब्लोदानका सल्लाहकारको तर्फबाट केन्द्रीय सल्लाहकार ज्ञानुराजा महर्जन तथा रक्तसंचार सेवाको तर्फबाट नेरेसो भक्तपुर रक्तसंचार सेवाबाट प्राविधिक दामोदर मुनंकर्मिलाई उहाँहरुले आआफ्नो क्षेत्रबाट स्वयंसेवी रक्तदानको क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । त्यस्तै ब्लड फण्डमा सहयोग गर्नुहुने चेतना थापा, निर्मला बोगटी, बाबुराजा महर्जन, किशोर वन्त तथा रुकेश रञ्जितलाई मायाको चिनो प्रदान गरिएको थियो ।
त्यस कार्यक्रममा कोभिड–१९ को समयमा ब्लोदानको आह्वानमा दुबै चरणमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरी सहयोग गर्ने संघसंस्थाहरु, ब्लोदानका जिल्ला, नगर समिति तथा क्षेत्रहरुका साथै सो दुबै चरणका कार्यक्रमका संयोजकहरु क्रमशः अनिलरत्न तुलाधर तथा मचाकाजी महर्जन लगायत संयोजन समितिका सबै सदस्यहरुलाई कदर पत्रबाट सम्मानित गरिएको थियो ।
सो सभाको बन्द सत्रमा महासचिव केशब महर्जनले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मचाकाजी महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विधान शंसोधन मस्यौदा समितिले विधान शंसोधन प्रस्ताव गर्नुभएकोमा आवश्यक छलफल पश्चात अनुमोदन सहित पारित गरियो ।
ब्लोदानका महासचिवले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सुभद्रा खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय विशेष कक्षा