मिति २०८२ जेष्ठ १५ गते ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आयोजनामा कुमारी युवा क्लबको समन्वयमा स्वयंसेवी रक्तदान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठ, ब्लोदानका निवर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार एवं कुमारी युवा क्लबका पूर्व अध्यक्ष ई. सानु बाबु प्रजापति, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका जनसम्पर्क अधिकृत सन्देश थापा, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर, काठमाडौं महानगरपालिका २६ नं. वडा सदस्य प्रवेश श्रेष्ठ अतिथिकोरुपमा रहेको रहनु भएको थियो ।
सो कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले ब्लोदानको स्थापना, इतिहास तथा वर्तमान गतिविधिबारे बताउनु भएको थियो । स्वयंसेवी रक्तदान बारे जनचेतनाको कमिका कारण पेशेवर रक्तदाताहरुको बाहुल्यता रहेको समयमा यसबारे जनचेतना फैलाउँदै स्वस्थ्य र सुरक्षित रगत विना शोधभर्ना सहजरुपमा व्यवस्थापन गर्नसक्ने वातावरण बनाउन ब्लोदानकाे स्थापना भएकाे बताउनु हुँदै यस संस्थाले हालसम्म निरन्तर स्वयंसेवीको रुपमा कार्य गर्दै आइरहेको बताउनु भयो ।
केन्द्रीय रक्तसंचार सेवाका जनसम्पर्क अधिकृत सन्देश थापाले रक्ततत्व तथा यसको उचित प्रयोग बारे बताउनु हुँदै रक्तदान कार्यक्रम आयोजना गर्दा देखि विरामीसम्म पु¥याउँदासम्म रगत सुरक्षित रहनु पर्ने बारे सचेत गराउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरले रक्तदान कार्यक्रम गर्न हिजोको दिनहरुमा प्रचारप्रसार र जनचेतनाको कमी हुँदा कार्य गर्न गा¥हो भएको बताउनु हुँदै महानगरवासीहरुमा निःशुल्क रगत उपलब्ध गराएकोमा धन्यवाद दिंदै काठमाडौं महानगरभन्दा बाहिरकालाई उपचारको क्रममा रगत दिनु पर्ने तर त्यसको शुल्क तिर्न नसक्नेलाई नेरेसो काठमाडौं जिल्ला शाखाले त्यसको व्यवस्थापन गर्न सकिने जानकारी दिनुभयो ।
काठमाडौं महानगरपालिका २६ वडाका सदस्य प्रवेश श्रेष्ठले हाल धेरै युवाहरु विदेश पलायन भइरहेको कारण त्यसको असर रक्तदान कार्यमा परिरहेको बताउनु भयो ।
ब्लोदानका निवर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार ई. सानु बाबु प्रजापतिले ब्लोदान अबको दिनमा गर्नुपर्ने कार्यहरु बारे सुझाव दिनुभयो ।
ब्लोदानका महासचिव मचाकाजी महर्जनले संचालन गर्नुभ

एको सो कार्यक्रममा कार्यक्रम संयोजक तथा ब्लोदानका केन्द्रीय उपाध्यक्ष उज्वल के.सी.ले उपस्थित म
हानुभावहरुलाई स्वागत गर्नुहुँदै कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको अन्तमा उपस्थित महानुभावहरुले राख्नुभएको आफ्नो जिज्ञासा सहित अन्तकृया समेत गरिएको थियो ।
कुमारी युवा क्लबको सभाकक्षमा भएको सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीया धार्मिक प्रवचन ज्याझ्व:स ब्वति कया बिज्यायेत/दिइत इनाप