दोश्रो अन्तरास्त्रिय रक्त सम्मेलन २०७६ (२४ – २५ फागुन २०७६)



प्रथम राष्ट्रिय रक्त सम्मेलन :

ब्लोदानले रक्तदानको क्षेत्रमा गर्दै आइरहेको कार्यहरूको मुल्यांकन एवं समिक्षा गर्नको साथै रक्तदानको क्षेत्रमा लागिरहनुभएका देश विदेशका महानुभावहरूको विचार एवं कार्य प्रणाली तथा शैलीको विषयमा छलफल गर्नको लागि ब्लोदानको आयोजनामा गत २०७० जेष्ठ ३० र ३१ गते दुइदिने प्रथम राष्ट्रिय रक्त सम्मेलन सम्पन्न भयो । विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधीहरू सहभागिता रहेको सो सम्मेलनमा रगत तथा रगतको आवश्यकता र यसको व्यवस्थापन सम्बन्धमा कार्यपत्रहरू प्रस्तुत गर्नु भएको थियो ।

सम्मेलनबाट तयार पारिएका घोषणा पत्र

क)  नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा अन्य नियमन निकायहरुले नेपालको राष्ट्रिय रक्त कार्यक्रमको नेतृत्व गर्नुपर्ने र रक्तसंचार सम्बन्धी राष्ट्रिय रक्त नीति बनाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने ।

ख)  सरकारले रक्तसंचार सम्बन्धी सरोकारवालाहरुको सहभागिता तथा समन्यवमा यसको भरपर्दाे कार्यविधिहरु बनाई अनुगमन, मुल्यांकन एवं अनुसन्धान गर्नुपर्ने

ग)   नेपाल रेडक्रस सोसाइटीले रगत व्यवस्थापन गर्ने कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न स्वयंसेवी रक्तदाता तथा कार्यक्रम आयोजकहरुलाई नियमितरुमा प्राविधिक तथा क्षमता विस्तार गर्ने कार्यमा सरोकारवालाहरुलाई नियमित सहयोग गर्नुपर्ने ।

घ)   ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) स्वयंसेवी रक्तदाता, रक्तदान कार्यक्रम गर्ने संघसंस्थाहरुको महासंघको छाता संस्था भएकोले संस्थाहरुको परिचालन, स्वयंसेवी रक्तदाताको हेरचाह, सुविधा तथा जनचेतना तथा उत्प्रेरणामूलक कार्यहरु गर्नुपर्ने ।

ङ)   स्वयंसेवी रक्तदाता तथा रक्तसंचार सम्बन्धी जनचेतनामूलक विषय विद्यालयको पाठ्यक्रममा समावेश गर्न पहल गर्न आवश्यक पहल गर्नु पर्ने

च)   दाताहरु तथा सहयोगीहरुले आफुले गरेको सहयोगहरु आवश्यक तथा सम्बन्धित क्षेत्रमा लगानी भएको छ छैन भन्ने विषयमा नियमितरुमा अनुगमन तथा निरिक्षण गर्नुपर्ने ।

दोश्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन किन ?

यहि मिति २०७६ फागुन २४ र २५ गते तदनुसार ७ र ८ मार्च २०२० मा ब्लोदानको आयोजनामा ‘स्वयंसेवी रक्तदाताहरुलाई बढावा दिऔं  भन्ने विषयमा दोश्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन सम्पन्न हुन गइरहेको छ । यस सम्मेलनमा रक्तदान गर्ने संघसंस्थाहरुको अन्तर्राष्ट्रिय महासंघका सदस्य राष्ट्रहरु, सार्कका सदस्य राष्ट्रहरु तथा नेपालका रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागीहरु रहने छन् । यो सम्मेलन विभिन्न देशहरुमा भइरहेका स्वयंसेवी रक्तदान तथा रक्तसंचारको विषयमा जान्ने बुझ्ने एउटा महत्वपूर्ण थलो बन्नेछ ।

साथै यस कार्यक्रमका सहभागीहरुबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा पनि महत्वपूर्ण सहयोग पुग्नेमा विश्वास रहेको छ ।

यस सम्मेलनका मुख्य मुख्य उद्देश्यहरु :

क)  नेपालको स्वयंसेवी रक्तदान तथा रक्तदान कार्यक्रमहरु एवं रक्तसंचार सेवा बारे जानकारी दिने

ख)  नेपालको स्वयंसेवी रक्तदान अभियानलाई बढावा दिने, प्रचारप्रसार गर्ने र यसलाई प्रभावकारी बनाउने

ग)   विश्वमा शत्प्रतिशत् स्वयंसेवी रक्तदान अभियानको लक्ष्य प्राप्तिको लागि स्वयंसेवी रक्तदाता तथा यस क्षेत्रमा लागिरहनु भएका महानुभावहरु, प्रेरकहरुलाई आफ्नो भनाई, अनुभव तथा विज्ञता प्रस्तुत गर्ने मञ्चको विकास गर्ने ।

घ)   नेपालमा राष्ट्रिय रक्त कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकार, राष्ट्रिय रक्तसंचार व्यूरो, नेपाल रेडक्रस सोसाइटी लगायत अन्य निकायहरुलाई घच्घच्याउने ।

ङ)   विश्वको स्वयंसेवी रक्तसंचार सेवा कार्यमा भाइचाराको विकास गर्ने

च)   रगत तथा रगतबाट सर्ने रोगहरु सम्बन्धी जनचेतना जगाउने ।

छ)  ब्लोदानको उद्देश्य पूर्तिको लागि गर्नुपर्ने आवश्यक कार्यहरुको पहिचान गर्ने ।

लक्ष्य :

१)    मानव रगतको अन्य विकल्प नभएको हुँदा स्वयंसेवी रक्तदान अभियानमा अझ बढि सहभागिता बढाउने ।

२)    स्वयंसेवी रक्तदान कार्यमा युवावर्गहरुलाई सम्मिलित गर्न सकेमा रक्तदान कार्यमा लामो समयसम्म निरन्तरता दिन सकिने भएकोले युवावर्गहरुको सहभागिता गराउने ।

३)    यस क्षेत्रमा लागिरहनु भएका विभिन्न स्वयंसेवी महानुभावहरु तथा संघसंस्थाका प्रतिनिधिहरुलाई रगत तथा रक्ततत्व सम्बन्धी जानकारी गराई रक्तदान कार्यक्रममा अभिवृद्धि गर्ने ।

४)    स्वयंसेवी रक्तदान अभियानमा विश्वमा भइरहेको गतिविधिहरु बारे सहभागीहरुलाई जानकारी प्रदान गरी यस क्षेत्रमा अझ बढि प्रभावकारीता ल्याउने ।

अन्तमा :

यो सम्मेलनबाट स्वयंसेवी रक्तदाता, रक्तदानको क्षेत्रमा कार्यरत डाक्टर, नर्स, रक्तसंचार क्षेत्रमा कार्यरत तथा स्वास्थ्य स्वयंसेविकाहरु एवं रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाका प्रतिनिधिहरु लगायत अन्य यस क्षेत्रमा कार्यरत महानुभावहरुलाई देश विदेशमा भएका/भइरहेका यस सम्बन्धी महत्वपूर्ण जानकारीहरु तथा गतिविधिहरु बारे महत्वपूर्ण जानकारी पाउने र यसबाट नेपालको राष्ट्रिय रक्त कार्यक्रम सफल पार्न सहयोग पुग्न जाने अपेक्षा गरिएको छ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू