4th NBDD 2075


ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)ले आप्mनो २६ औं स्थापना दिवस एवं चौथो राष्ट्रिय रक्तदाता दिवस २०७५ काठमाडौं महानगरपालिकाका उप प्रमुख श्रीमती हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा ब्लोदानका संरक्षक भाष्कर राज राजकर्णिकार, केन्द्रीय रक्तसंचार सेवाका निर्देशक डा. मनिता राजकर्णिकार, वरिष्ठ हांस्य कलाकार सन्तोष पन्त, ब्लोदानका वरिष्ठ सल्लाहकारहरु सूर्यकुमारी श्रेष्ठ, सुभाष गोयल, लोकनारायण सुवेदि, विदुर खड्का तथा सल्लाहकारहरु ललीकबहादुर महर्जन, ज्ञानुराजा महर्जन, रमेशध्वज बस्नेत, शिव मन्दिल श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, राजेश श्रेष्ठ, भारती कसाः तथा संजिव खनाल एवं काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक पनेरु, नेपाल साइक्लिङ्ग एशोसिएशनका अध्यक्ष छिमी गुरुङ्ग, फ्रेण्डस् अफ आरएच नेगेटिभ ब्लड ग्रुपका अध्यक्ष जीवन बस्नेत तथा कलाकार श्रीकृष्ण सिंखडा अतिथिको रुपमा हुनुहुन्थ्यो ।

सो कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले रक्तदान कार्यक्रममा महिलाहरुको उपस्थिती न्यून भइरहेको अवस्थामा सक्रिय भएर लाग्नुपर्ने बताउँदै ब्लोदानले गर्दै आइरहेको कार्यहरु सराहनीय भएको बताउनु भयो ।

सोहि कार्यक्रममा बोल्नुहुँदै भाष्करराज राजकर्णिकारले स्वयंसेवी रक्तदानको क्षेत्रमा ब्लोदानले धेरै कार्य गरेको तर प्रचारप्रसारको कमीले ब्लोदान बारे धेरैलाई जानकारी नभएको बताउनु भयो ।
कार्यक्रममा बोल्नुहुंदै ब्लोदानका वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठले स्वयंसेवी रक्तदान अभियानमा विगत तीन दशकदेखि लागिरहेको संस्थालाई हाल बन्दै गरेको रक्तसंचार सेवा भवनमा ब्लोदानको कार्यसम्पादनको लागि आवश्यक स्थान उपलब्ध गराउनु पर्ने बताउनु भयो । साथै अन्य वक्ताहरुले पनि राष्ट्रिय रक्तदाता दिवसको अवसरमा शुभकामना दिनु हुँदै यस क्षेत्रमा लागिरहनु भएका सबैलाई धन्यवाद दिनुभयो ।

सभापतिको आशनबाट बोल्नुहुँदै ब्लोदानका अध्यक्ष ई. सानु बाबु प्रजापतिले ब्लोदान स्थापना गर्नुको औचित्य, गतिबिधि तथा राष्ट्रिय रक्तदाता दिवसको महत्व बारे प्रकाश पार्दै विना शोधभर्ना विरामीलाई सहजरुपमा रगत उपलब्ध गराउने वातावरण बनाउंदै लैजान राष्ट्रिय रक्त अभियानमा सरोकार निकायहरु बीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा ब्लोदानका वरिष्ठ सल्लाहकार एवं केन्द्रीय रक्तसंचार सेवाका पूर्व जनसम्पर्क अधिकृत सूर्यकुमारी श्रेष्ठले ब्लड फण्डमा रु. ५० हजार थप सहयोग गर्नुभएको थियो भने ब्लड फण्डमा सहयोग गर्ने संघसंस्था तथा महानुभावहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै विश्व सम्पदा सूचीमा सुचिकृत धार्मिक तथा सांस्कृतिक स्थलहरुमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ब्लोदान काठमाडौं जिल्ला शाखालाई धन्यवाद तथा सम्मान पत्र प्रदान गरिएको थियो भने यसै अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने मंकाखलः व्यवस्थापन समितिलाई पनि सम्मान गरिएको थियो ।

यसै गरी रक्तदानको क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउँदै आइरहेको सहकारी संस्थाहरुको संघ काठमाडौं बचत तथा ऋण सहकारी संघ र ब्लोदान बीच हरेक हप्ता रक्तदान कार्यक्रम आयोजना गर्ने सम्बन्धमा समझदारी पत्र आदान प्रदान गरियो ।
ब्लोदानका सचिव उज्वल के. सी.ले संचालन गर्नुभएको सो कार्यक्रममा ब्लोदानका उपाध्यक्ष सूर्यलाल महर्जनले स्वागत मन्तव्य दिनुभएको थियो भने ब्लोदानका अर्का उपाध्यक्ष सुभद्रा खड्काले धन्यवाद दिनुभएको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू