१३औ स्थापना दिवस तथा सातौ साधारणसभा भव्यताका साथ सम्पन्न हुँदै


ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) काठमाण्डौं जिल्ला शाखाको मिति २०७९ साल भाद्र ३ गते बसेको बैठकको निर्णय अनुसार (ब्लोदान) काठमाण्डौं जिल्ला शाखाको  १३ औ स्थापना दिवस तथा सातौ साधारण सभा सम्राट पार्टी प्यालेस नयाबजार काठमाडौंमा मिति २०७९ असोज २ गते आईतवार विहान १० बजे बाट शुरु गर्ने निर्णय भएको अध्यक्ष जनक कुमार खड्काले जानकारी दिनु भयो ।

२०६७ साल असोज २ गते ई.सानुबाबु प्रजापतिको अध्यक्षतामा (ब्लोदान) काठमाण्डौं जिल्ला शाखाको २७ सदस्यीय कार्य समिती गठन भएको थियो । यस अघि पाँचौ अधिवेसन तथा छैठौ साधारण सभा सम्पन्न गरी सकेको (ब्लोदान) काठमाण्डौं जिल्ला शाखाले आफ्ना मातहतमा विभिन्न क्षेत्रीय समिति तथा नगर समितीहरु गठन गरी ब्लोदानको उद्देश्य अनुसार रक्त तत्व सम्बन्धी विभिन्न जनचेतना मुलक कार्यक्रमका साथै रक्तदानका कार्यक्रमहरु गर्दै आइ रहेको छ ।

सातौ साधारण सभाका प्रमुख अतिथि बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल हुनुहुनेछ भने विशेष अतिथी संस्थापक अध्यक्ष तथा बर्तमान केन्द्रिय अध्यक्ष ई.सानुबाबु प्रजापति लगायत अन्य रगत सम्बन्धी विज्ञ तथा विशेष व्यक्तिहरुको रहने छ ।

(ब्लोदान) काठमाण्डौं जिल्ला शाखाको यस विशेष समारोहमा उपस्थीत हुन (ब्लोदान) संग सम्बन्धीत विभिन्न शाखा कार्यालय क्षेत्रीय कार्यालय तथा रक्तदाताहरुलाइ उपस्थित भइ सातौ साधारण सभा सफल पारीदिनु हुन सबैमा अपिल गरीएको छ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय विशेष कक्षा