फ्रेण्डस् अफ आरएच नेगेटिभ ग्रुपको भेला सम्पन्न


   मिति २०८२ जेष्ठ ९ गते शुक्रबारका दिन फ्रेण्डस् अफ आरएच नेगेटिभ ग्रुपको भेला केन्द्रीय रक्तसञ्चार सेवा भवनमा सम्पन्न भयो । ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा नेरेसो, केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ता को विशेष अतिथी तथा ब्लोदानका संस्थापक तथा वरि ष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठ एवं ब्लोदानका नि वर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार ई. सानु बाबु प्रजापति अतिथि हुनुहुन्थ्यो । सो भेलामा केन्द्रीय कार्यसमिती तथा नेगेटिभ ब्लड ग्रुपका निवर्तमान अध्यक्ष लगायत नेगे

टिभ रक्तसमूहका सदस्यहरु एवं रक्तदाताहरुको उपस्थिति रहेको थियो ।
सो भेलामा निर्देशक गुप्ताले रगत संकलन तथा आपूर्तिको विषयमा आफ्नो भनाई राखेको थियो भने प्रमुख अतिथि राजेश श्रेष्ठले ब्लोदानको स्थापना र यसले पुर्‍याउँदै आइरहेको योगदान सम्बन्धी जानकारी गराउनु भएको थियो ।
त्यस्तै अतिथी एवं ब्लोदानका संस्थापक सूर्यकुमारी श्रेष्ठले ब्लोदान र केन्द्रीय रक्तसञ्चार सेवा नङ्ग र मासु सरह रहनु पर्ने तर यसको लागि रक्तसञ्चार सेवाको अहं भूमिका रहने बताउनु भयो ।सो भेलामा अन्य व्यक्तिहरुले पनि आफ्नो भनाई राख्नु भएको थियो भने रक्तदाताहरुले पनि अन्तर्कृयात्मकरुपमा आ-आफ्नो भनाई राख्नु भएको थियो ।
फ्रेण्डस् अफ आरएच नेगेटिभ ग्रुपका सचिव मेदनाथ सापकोटाले कार्यक्रम संचालन गर्नु भएको थियो भने उपाध्यक्ष अनिल अर्यालले उपस्थित सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

 

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीया धार्मिक प्रवचन ज्याझ्व:स ब्वति कया बिज्यायेत/दिइत इनाप