कामपा १६ वडामा रक्तदान सम्बन्धी उत्प्रेरणा कार्यक्रम सम्पन्र


मिति २०८० वैशाख १८ गते काठमाडौं महानगरपालिकाको सहयोगमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को आयोजनामा स्वयंसेवी रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम १६ वडामा सम्पन्न भयो ।

ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रमका अतिथिहरुमा का.म.पा. १६ वडाका अध्यक्ष श्री मुकुन्द रिजाल, कुमारी युवा क्लबका अध्यक्ष श्री जीवन बस्नेत, ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्रका अध्यक्ष आर. बि. ठकुरी, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर, इलिप्स स्कूलका प्रिन्सिपल दिर्घहरि दाहाल लगायत हुनुहुन्थ्यो ।

आफ्नो मन्तव्य राख्दै अतिथि का.म.पा. १६ वडाका अध्यक्ष मुकुन्द रिजालले दान मध्ये उत्तम दान रक्तदान भएको बताउँदै रक्तदान गर्नेले कसैको लागि जीवन दान गरेको हुने बताउनु भयो । त्यसको लागि ब्लोदान लगायत यससँग सम्बन्धित सबै धन्यवादको पात्र रहेको बताउनु भयो ।

त्यस्तै नेरेसो, काठमाडौं जिल्ला शाखाका लक्ष्मीरत्न तुलाधरले नेरेसोले संचालन गर्दै आइरहेको रक्तसञ्चार कार्यक्रममा ब्लोदानको स्थापना कालदेखी नै निरन्तर साथ र सहयोग रहेको बताउनु भयो ।

सोहि क्रममा विद्यालयका प्रधानाध्यापक दिर्घहरी दाहालले विद्यालयले प्रत्यक्ष तथा परोक्षरुपमा रक्तदान सम्बन्धी कार्यक्रमहरुमा सहयोग पुर्याउन पाएकोमा खुशी लागेको बताउनु हुँदै यस पुण्यकामको लागि सहयोग गर्न आफु संधै तत्पर रहने बताउनु भयो ।
कार्यक्रमका सभापति ई. सानु बाबु प्रजापतिले ब्लोदानले विगत तीन दशक भन्दा अघि देखि नैं स्वयंसेवी रक्तदानको अभियानमा विभिन्न उतारचढाव पार गर्दै यहाँसम्म आइपुगेको बताउनु हुँदै यस कार्यमा सबैजना मानवीय सेवाभावले निरन्तर लागिरहनु पर्ने बताउनु भयो ।

ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिले आफ्नो प्रस्तुतिमा विज्ञानले प्रायः हरेक वस्तुको विकल्प तयार गरिसकेको भए पनि मानव रगतको विकल्प तयार गर्न नसकिरहेको आजको अवस्थामा विरामीलाई उपचारको क्रममा रगतको आवश्यक भएमा स्वस्थ व्यक्तिले रक्तदान गर्नु बाहेक अर्काे विकल्प नरहेको बताउनु भयो । साथै रक्तदान किन गर्नु पर्छ र कस्तो व्यक्तिले गर्न सकिन्छ भन्ने विषयमा प्रष्ट पार्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसंचार सेवाका जनसम्पर्क अधिकृत राम श्रेष्ठले आफ्नो प्रस्तुतिमा विरामीहरुको उपचारको क्रममा रगत आवश्यक पर्नसक्ने अवस्था र त्यसको लागि प्रयोग हुने रक्ततत्व तथा भण्डारण एवं अन्य प्राविधिके विषय उल्लेख गर्नुका साथै त्यसको लागि रक्तदान गर्न योग्य व्यक्तिहरुले नियमितरुपमा रक्तदान गर्नुपर्ने बताउनु भयो ।

विभिन्न संघसंस्थाका प्रतिनिधी एवं विद्यार्थी भाईबहिनीहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रम ब्लोदानका केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य ब्लोदानका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक उज्वल के. सी.ले राख्नुृभएको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू