काठमाडौं महानगरपालिकाको सहयोगमा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न


मिति २०७८ फागुन २७ गते शुक्रवारका दिन ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान)को आयोजना तथा काठमाडौं महानगरपालिकाको सहयोगमा स्वयंसेवी रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम काठमाडौं महानगरपालीका वडा नं. ६ बौद्धमा सम्पन्न भयो ।

काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरूमा संचालन गर्ने लक्ष्य राखे अनुसार यस आर्थिक वर्ष २०७८/७९ मा छ वटा वडाहरुमा संचालन गरीने र बाकी २६ वटा वडाहरुमा आगामी आर्थिक वर्ष २०७९/८० मा पनि क्रमै संग संचालन गरिने कार्यक्रम संयोजक उज्वल के.सी.ले जानकारी दिनुभयो ।

मिति २०७८ फागुन २७ गते शुक्रवार कामपा ६ नं. वडा बौद्धबाट पहिलो उत्प्रेरणामूलक कार्यक्रम शुरु गरिएको हो ।

ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्वमा सम्पन्र भएको सो कार्यक्रममा अतिथिहरूमा कामपा वडा नं. ६ का अध्यक्ष दीपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनी, कामपाका विभाग प्रमुख दिपक अधिकारी, महाशाखा प्रमुख पदमेकशर अधिकारी, केन्द्रीय रक्तसञ्चार सेवाका जनसम्पर्क अधिकृत राम श्रेष्ठ, ब्लोदानका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक उज्वल के. सी. तथा अन्य पदाधिकारी एवं सदस्यहरू लगायतको उपस्थिती रहेको थियो । साथै विभिन्न संघसंस्था तथा कलेजका विद्यार्थीहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्नुहुंदै वडा अध्यक्ष दीपेन्द्र लामाले रक्तदानले कसैको जीवन बचाउन सहयोग पुर्याउने भएको हुंदा यो एक महान पुण्य कार्य भएको बताउनु हुंदै त्यस क्षेत्रबाट पनि यस कार्यमा सहयोग पुर्या्उंदै आइरहेको बताउनु भयो ।

त्यस्तै रक्त सञ्चार सेवाका जनसम्पर्क अधिकृत राम श्रेष्ठले रगतका प्राविधिक कुराहरु सम्बन्धी विस्तृत जानकारी दिनु भएको थियो भने उपस्थित महानुभावहरुले राखेको जिज्ञासाको समाधान गर्नुभएको थियो ।

कार्यक्रमको अन्तमा कार्यक्रम संयोजक उज्वल के.सी.यस्तो महत्वपूर्ण कार्यक्रम संचालन गर्न सहयोग गर्नुभएकोमा काठमाडौं महानगरपालिकालाई धन्यावाद ज्ञापन गर्दै कार्यक्रमका अतिथिहरु, उपस्थित महानुभावहरु लगायत यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

फोटोहरुको लागी यहा क्लीक गर्नुहोस
श्रोत जनक कुमार खड्का

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय कक्षा