ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को पहलमा आकस्मिकरूपमा रक्तदाता रहेकै स्थानहरुमा गई रक्त संकलन कार्य शुरु


विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण देशभर लकडाउन भएको अवस्थामा उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई भैरहेको कठिनाइलाई ध्यानमा राखी ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को पहलमा आकस्मिकरूपमा रक्तदाता रहेकै स्थानहरुमा गई रक्त संकलन कार्य शुरु गरेको छ । यहि मिति २०७६ चैत्र १४ गतेबाट शुरु भएको सो संकलनबाट आज २०७६ वैशाख ३१ गतेसम्ममा ४,३०० युनिटभन्दा बढि रक्त संकलन भएकोे छ ।
देशभर लकडाउन भएकै कारण अघि पछि जस्तो खुल्लारूपमा रक्तदान कार्यक्रम गर्न नमिल्ने भएको कारणले उपचारको क्रममा रगतको आवश्यकता पर्ने विरामीहरूको लागि रगत व्यवस्थापन गर्न सहजताको लागि ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को पहलमा केन्द्रीय रक्तसञ्चार सेवा तथा भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा आकस्मिक घरदैलो रक्तदान कार्यक्रमको सुरुवात गरेको हो ।
रक्तदाताहरुलाई रक्तदान गर्न आउनु÷जानु हुंदा मास्क लगाउने, पन्जा लगाउने, सामाजिक दुरी (न्युनतम ३ फीट) कायम गर्ने, शरीर पुरा ढाक्ने लुगा लगाउने, खुट्टा पुरा छोप्ने किसिमको जुत्ता लगाउने तथा सानिटाइजरले हात धुने आदि जस्ता सुरक्षामा ध्यान दिनुहुन पनि ब्लोदानले विनम्र आग्रह गर्दै सो न्युनतम सुरक्षा नीति अपनाउनु रक्तदाता तथा अन्य महानुभावहरूको सुरक्षाको लागि पनि उत्तिकै जरुरी भएको जनाएको छ ।
’अपनाऔं सुरक्षा रक्तदान गर्दा आफ्नो अनि अरुको पनि, गरौं रक्तदान सबैले आफ्नो यथार्थ विवरण खुलस्त भनी’ नारा सहित भइरहेको कार्यक्रममा कम्तिमा ३ हप्ता अगाडि विदेशबाट आउनु भएका महानुभावहरूले रक्तदान नगर्नुहुन पनि अनुरोध गरिएको थियो ।
सो कार्यक्रम संचालन गर्न ब्लोदान काठमाडौं जिल्ला शाखाका सचिव अनिलरत्न तुलाधरको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू