खुल्ला रक्तदानमा सहभागी हुन आह्वान


सोलुशन समाजको आयोजनामा उपत्यकाका विभिन्न ठाउमा रक्तदानका कार्यक्रम हरु गरीने भएका छन ।

यस रक्तदान कार्यक्रममा ब्लोदान जिल्ला शाखा ललितपुर Loins Club of Lalitpur Creative, Headrd to Heart Nepal, Heart Club Nepal र वरिष्ठ समाजसेवी श्री मोती शान्ति शाक्य समेतको संयुक्त संयोजनकत्वमा खुल्ला रक्तदानको कार्यक्रम गरीन लागीएको हो ।

समाधान सोलुशनका विभिन्न शाखा तथा उपशाखाहरुमा गरीन लागेको रक्तदान विहान १० बजे देखि १ बजे सम्म संचालन गरीने छ भने प्राविधीक सहयोग कान्तीपु रक्त संचार सेवा तिनकुने, काठमाण्डौले गर्ने भएको छ ।

यस्तै काेटेश्वर सेती ओपी यूवा क्लवले आगामी माघ २२ गते ब्लड डोनर्स एशोसियशन नेपाल ब्लोदान पुर्वि भेगीय क्षेत्रकाे संयाेजनमा क्लव परिषरमा रक्तदान कार्यक्रमकाे आयोजना गर्ने भएकाे जानकारी दिएको छ । यस रक्तदानमा पनि कान्तीपुर रक्त संचार सेवाकाे प्राविधीक सहयाेग रहने बताइएकाे छ ।

तपशीलमा उल्लेखीत मिति समय र स्थानमा हुने रक्तदानमा आफुलाइ पायक पर्ने स्थानमा सहभागी भै रक्तदान गर्न हुन सबै स्वंयसेवी रक्तदाताहरुमा ब्लोदान केन्द्र आह्वान गर्दछ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू