क्लव 25 मा सदस्यहरु मनोनित


काठमाडौं, जेठ २० गते । ब्लड डोनर्स एशोसिएसन नेपाल ( ब्लोदान ) को भातृ संगठन क्लब 25 गत मे 29 मा सम्पन्न अधिवेसनबाट नयाँ कार्यसमितिको चयन भइ आज अध्यक्ष किशोर सिख्राकार ज्यूको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा ब्लोदानको आह्वानमा हुन लागेको सप्ताहव्यापी कार्यक्रमका बारेमा छलफल गरी कार्यक्रमलाइ सफलतापुर्वक सम्पन्न गर्न पुर्ण सहयोग गर्ने निर्णय गरिनुका साथै पदाधीकारीहरुको मनोनयन गरी पदपुर्ति गरीएको थियो ।

मनोनित सल्लाहकारहरुमा क्लव 25 का पुर्व अध्यक्ष शैलेन्द्र शाक्य, मलिना राज कर्णिकारलाइ गरीयो भने सदस्यमा गृस्मा राजकर्निकार सदस्यमा मनोनीत गरियो ।

आजको यस बैठकमा ब्लोदानका केन्द्रिय सदस्य एवं क्लब २५ का इन्चार्ज बिनोद तुलाधर, नेपाल रक्तसञ्चारका निवर्तमान केन्द्रिय निर्देशक डा.मनिता राजकर्निकार ज्यू को विशेष उपस्थिति रहेको थियो बैठकमै डा. राजकर्निकारले क्लब 25 का सदस्यहरुलाइ रक्त तत्व सम्बन्धि जानकारी दिनु भएको थियो ।

सम्बन्धित समाचार
क्लब २५ को पुनर्गठन

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू