गंगालाल अस्पतालमा प्रत्यक्ष उपस्थीत भइ रक्तदान


ब्लोदान केन्द्रका सदस्य रवि रिमाल ६५ओ पटककाे रक्तदान गर्नु हुदै

ब्लड डोनर्स एसोसीयसन नेपालले आपतकालीन प्रत्यक्ष रक्तदान गर्दै आइ रहेको छ । सोही क्रममा आज राष्ट्रिय हृदयरोग केन्द्र गंगालाल अस्पतालमा मुटुको उपचार गराइ रहनु भएका कोटेश्वर निवासी त्रिविक्रम कर्माचार्यको लागी प्रतक्ष ताजा रगत उपलब्ध गराउने क्रममा कोटेश्वर निवासी ब्लोदान केन्द्रका सदस्य रवि रिमाल र काठमाण्डौं जिल्लाका अध्यक्ष जनक कुमार खड्काले रक्तदान गर्नु भयो ।

६४ पटक रक्तदान गरी सकेका रवि रिमालको यस पटकको रक्तदान ६५ औ पटक भएको जानकारी रिमालले दिनु भयो ।

कतिपय उपचारका लागी प्रतक्ष रुपमा रक्तदाताहरुनै उपलब्ध गराउनु पर्ने भएको हुदा । त्यस्ता विरामीहरुका लागी ब्लोदानले स्वयंसेवी रक्तदाताहरुसंग सम्पर्क गराइ उपचारमा सहजता ल्याउने र विरामीलाइ पनि राहत हुने अभियान थालीरहेको छ ।

काठमाण्डौं जिल्लाका अध्यक्ष जनक कुमार खड्का रक्तदान गर्नुहुदै

रक्तदानका क्षेत्रमा ब्लोदानले खेलेको भुमिकाले विरामी, रक्तदाता र अस्पतालहरुको विचको प्रत्यक्ष सम्बन्धलाइ नजिक ल्याउन मद्दत गरेको छ । ब्लोदानले रक्तदान संग सम्बन्धीत विभिन्न संघ संस्थाहरुलाइ रक्तदान जीवनदानको मुल मर्मलाइ सार्थक बनाउनका लागी विभिन्न उत्प्रेरणा कार्यक्रमहरु संचालन गर्दै आइ रहेको छ ।

देशका विभिन्न जिल्लाहरुमा शाखा रहेको ब्लोदानले रक्त संचार सेवा रेडक्रसले सेवा दीइरहेका जिल्लाहरुमा रेडक्रसको प्राविधीक सहयोग तथा काठमाण्डौं उपत्यकामा ठूला ठूला रोगका विरामी हरुको चाप तथा सुविधा सम्पन्न अस्पतालहरु भएका हुनाले विभिन्न रक्त संचार सेवाहरुको सहयोगमा रक्तदानका कार्यक्रमहरु संचालन गर्दै आइ रहेको छ ।

ब्लोदानले आफ्ना उद्देश्य हरु सम्बन्धित निकायमा वारम्बार राखी रहदा तथा नियमित अन्तकृयाहरुमा विचारहरु सम्प्रेशण गर्दै आउदा स्थानिय निकायहरु तथा प्रदेश सरकारले विरामी तथा रक्तदान गर्ने संस्थाहरुलाइ मल्हम पट्टी लागेको छ । हालसालै समाचारहरुमा प्रकाशीत समाचार अनुसार बाग्मती प्रदेश सरकारले विपन्न तथा गरीब विरामीहरुका लागी कुनै शुल्क नलाग्ने रगत परिक्षण गर्दाका शुल्क सम्बन्धित रक्त संचार सेवालाइ दिने भन्ने निर्णय सकारात्मक भए पनि विरामीहरुलाइ भ्रम छर्नका लागी गरीएको निर्णय जस्तो भान हुन्छ । किनकी मृत्यु शैयामा छटपटाएका कुन चाही विरामी धनी गरीव विपन्न । सबैको रगत रातो भए झै सबैलाइ निशुल्क अथवा रक्त संचार सेवा हरुलाइ स्वतभर्ना दिएर विरामीलाइ निशुल्क उपलव्ध गराउनु पर्ने कुरामा सबै सरोकारवाला संघ संस्थाहरुको ध्यान जान जरुरी देखीएको छ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू