गोकर्णेश्वर नगर समितिको तेश्रो अधिवेसन सम्पन्न


आज मिति २०८० साल मंसीर २ गते शनिवार जोरपाटी स्थित जुम क्याफेमा गोकर्णेश्वर नगर समितिका अध्यक्ष श्री गोविन्द काफ्लेको सभापतित्वमा तेश्रो अधिवेसन सम्पन्न भएको हो ।

आजको अधिवेसनबाट संजय पोखरेलको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति सर्व सम्मत्तीले निर्वाचित भएका हुन जसमा उपाध्यक्ष शिवराम कारंजीत सचिव ज्ञानेन्द्र कोषाध्यक्ष अनिता श्रेष्ठ सदस्यहरुमा अस्मीता श्रेष्ठ, शुभलक्ष्मी श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, सञ्जय आचार्य, र संगीता सुवेदी रहनु भएको छ ।

आजको कार्यक्रमको संचालन कोषाध्यक्ष श्री अनिता श्रेष्ठले गर्नु भएको थियो भने प्रमुख अतिथि ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) का अध्यक्ष श्री सानुबाबु प्रजापती र विशेष अतिथि (ब्लोदान) काठमाण्डौ जिल्लाका अध्यक्ष श्री जनक कुमार खड्काको रहेको थियो भने (ब्लोदान) केन्द्रका महासचिव केशव महर्जन सदस्यहरु बालकृष्ण श्रेष्ठ, रवि रिमाल, राधिका श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य राख्नु हुदै सचिव श्री संजय पोखरेलले रगत जस्तो महान कार्यमा हामी लागेका छौ । रगत अभावले कुनै पनि विरामीले अकालमा ज्यान गुमाउन नपरोस भनि हामी दत्तचित्त भएर ब्लोदानको अभियानलाइ अनन्तकाल सम्म साथ दिइ रहने बताउनु भयो ।

सोही कार्यक्रममा केन्द्रिय महासचिव केशव महर्जनले (ब्लोदान) पूर्ण रुपमा स्वंयसेवी संस्था भएकोले सबैलाइ एकबध्द गराइ लैजान गाह्रो परिरहेको जानकारी दिनु भयो ।

तेश्रो अधिवेशनका क्रममा के.स बालकृष्ण श्रेष्ठले गोकर्णेश्वर नगर समितीले स्थापनाकालदेखि हाल सम्म गरेका कार्यहरुको चर्चा गर्नु भयो ।

त्यस्तै अतिथि जनक कुमार खड्काले तेश्रो अधिवेशनबाट निर्वाचित हुनु हुने पदाधीकारीहरुलाइ शुभकामना व्यक्त गर्दै विगतका भन्दा अझ बढी रक्तदानका क्षेत्रमा कार्य गर्ने कुरामा आफु विस्वस्त रहेको बताउनु भयो ।

कार्यक्रमका सभापती श्री गोविन्द काफ्लेले आफुले सम्हालेको चार वर्षे कार्यकालका तिता मिठा अनुभव सुनाउनु हुदै ब्लोदानको अभियानमा सम्पुर्ण संघ संस्थाहरुलाइ गोलवन्द गर्दै आज बन्ने कार्य समितिले कार्य गर्न सुझाव समेत दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि ब्लोदान केन्द्रका अध्यक्ष श्री सानुबाबु प्रजापतिले पूर्व अध्यक्षको कार्यको सह्राहना गर्दै आज बनेको कार्य समितिका पदाधीकारीहरुलाइ शुभकामना व्यक्त गर्नु भयो । उहाले ब्लोदानमा किन आवध्द हुने र ब्लोदानको स्थापना कसरी भयो र भविश्यमा ब्लोदानको आवस्यकता किन भइ रहनेछ भन्ने कुरा ब्यक्त गर्नु भयो ।

सम्बन्धित समाचार

ब्लोदान गोकर्णेश्वोर नगर समितिको साधारण सभामा केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापती। – YouTube

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू