ब्लोदान गोकर्णेश्वर द्वारा आयोजित रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न


मिति २०८१ बैशाख १५ गते । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) गोकर्णेश्वर नगर समिति को आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नँ ५ को सहकार्यमा वडा कार्यालयको सभा हलमा आयोजित रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।

उल्लेख्य महानुभावहरुको उपस्थिति मा रक्तदाता उत्प्रेरणा कार्यक्रम गोकर्णेश्वर ब्लोदान का अध्यक्ष सञ्जय पोखरेल को सभापतित्वमा नगरपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष श्री नारायण बहादुर सुवेदी ज्युको प्रमुख अतिथि रहनु भएको उत्प्रेरणा कार्यक्रममा ब्लोदान केन्द्रीय अध्यक्ष ई सानुबावु प्रजापति, ब्लोदान केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जन, ब्लोदान केन्द्रीय सदस्य तथा ब्लोदान गोकर्णेश्वर सल्लाहकार बालकृष्ण श्रेष्ठ, केन्द्रीय सदस्य राधा कुमारी श्रेष्ठ , नेरेसो केन्द्रीय रक्त संचार केन्द्रका जनसम्पर्क अधिकृत राम श्रेष्ठ, ब्लोदान गोकर्णेश्वर सल्लाहकार राजेश दाहाल ,०४६ जनआन्दोलनका घाइते तथा समाजसेवी कमल लामिछानेका साथै ब्लोदान गोकर्णेश्वर का कार्यसमिति सदस्य हरुको उपस्थिति रहेको थियो ।

आजको यस कार्यक्रममा रगत र रक्तदान सम्बन्धी कार्य गर्ने विभिन्न संघ सस्थाकाका प्रतिनिधि हरुको सहभागीता रहेको कार्यक्रममा राम श्रेष्ठ तथा ब्लोदान का केन्द्रीय अध्यक्ष सानुबावु प्रजापति ज्युले रगत रक्ततत्व र ब्लोदान बारेमा प्रस्तुति गर्नु भएको थियो भने प्रमुख अतिथि नारायण बहादुर सुवेदीले वडा बाट भैरहेको मासिक नियमित रक्तदान र नगरवासिका लागि निशुल्क रगत बारेमा प्रकाश पार्नु भएको मा ब्लोदान केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठले धन्यवाद सहित कार्यक्रम समापन गरिएको थियो ।

ब्लोदान गोकर्णेश्वोर नगर समिति परिवारले यस कार्यक्रममा सहभागी हुनु हुने प्रमुख अतिथि लगायत संस्थाका प्रतिनिधीहरु प्रति हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ छ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू