मिति २०७८ चैत्र ५ गते शनिबारका दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को आह्वान, कास्कूनको समन्वय र हसना सोसियल सोसाइटी बलम्बुको आयोजनामा १०औं खुल्ला रक्तदान कार्यक्रम बलम्बु, चन्द्रागिरी–१२ मा सम्पन्न भयो ।
कान्तिपुर रक्तसंचार सेवाको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा २८ जना महिला सहित ८३ जनाले रक्तदान गर्नुभएको थियो ।
हसना सोसियल सोसाइटीका अध्यक्ष सम्पूर्ण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्नुहुँदै चन्द्रागिरी नगरपालिका वडा नं. १२ का अध्यक्ष प्रकाश श्रेष्ठले यस्तो कार्यक्रममा वडाबाट निरन्तर सहयोग गरेको र त्यसको निरन्तरता रहने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिले कीर्तिपुर, टोखा नगरपालिका जस्तै चन्द्रागिरी नगरपालिकाले पनि आफ्नो नगरवासीलाई निःशुल्क रगत पहल गर्नेमा अपेक्षा राख्नुभयो । साथै सो कार्यक्रममा समाजसेवी दीप बहादुर शाही ठकुरी, ब्लोदान काठमाडौं जिल्ला सचिव कृष्णप्रसाद मानन्धर, ब्लोदान चन्द्रागिरी नगर समितिका उपाध्यक्ष विष्णुभक्त गोपाली, सद्भाव नेपालका अभिषेक श्रेष्ठ, फ्रेण्डस् क्लबका पुरुषोत्तम महर्जन र नहुँदा स्वास्थ्य क्लिनिकको अध्यक्ष चमेली महर्जन, हसना सोसियल सोसाइटीका संस्थापक अध्यक्ष नारायणकृष्ण महर्जन, निवर्तमान अध्यक्ष राजमान महर्जनको समेत उपस्थित रहेको थियो ।
सो कार्यक्रममा सहभागी हुनुभई रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाता महानुभावहरु लगायत अन्य सम्पूर्ण प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुने महानुभावहरु तथा संघसंस्थाहरुलाई आयोजकले धन्यावाद ज्ञापन गरेको छ ।