निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न


ब्लड डोनर्स एसोसिएसन नेपाल(ब्लोदान) को आव्हानमा ‘अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चको अवसरमा ‘महिला हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ सहयोगी महिला जागरण मञ्च को आयोजना र दिगो सामाजिक विकासका लागी मित्रता तथा अटो नेपाल को समन्वयमा आज विहान ८ बजे देखी १० बजे सम्म मैतिदेवि मन्दिर परिषरमा स्वास्थ्य शिविर तथा १० बजे बाट दिनको २ बजे सम्म रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेशनल बाथरोग सेन्टर रातोपुलको प्राविधिक सहयोगमा सञ्चालन‌ भएको‌ आजको निशुल्क बाथरोग परिक्षण कार्यक्रममा उल्लेख्य नागरीक हरुले निशुल्क स्वास्थ्य जाच गराउनु भएको थियो ।

त्यस्तै दोश्रो चरण विहान १० बजे बाट शुरु भएको रक्तदान कार्यक्रममा सहभागी हुन इच्छुक ४३ जना सहभाग रक्तदाताहरु मध्ये ३७ जना पुरुष १८ र महिला १९ ले रक्त दान गर्नुका साथै ६ जना स्वास्थका कारणबाट यो पटकको रक्तदान गर्नबाट बञ्चीत हुनु भएको थियो । संस्ठाले मैतिदेवि परिषरमा नै २४ दिनको अन्तरमा समेत २ पटक रक्तदान गराइ सकेको छ ।

रक्तदानको लागी प्राविधीक सहयोग केन्द्रिय रक्त संचार सेवा ताहाचालको रहेको थियो । रक्तदानमा सहभागी सबैलाइ सम्मान पत्रद्वारा सम्मानित गरीएको थियो ।

आयोजकले कार्यक्रममा महत्वपूर्ण साथ सहयोग गर्नुहुने निम्न संस्था तथा मनकारी व्यक्तित्वहरुमा हामी आभार व्यक्त गर्नुका साथै रक्तदान र स्वास्थ्य परिक्षणको लागी सहभागी हुनुभएका महानुभावहरु, रक्तदाताहरु साथै कार्यक्रममा स्वयंसेवक भई सेवा दिनुहुने आदरणीय व्यक्तित्वहरु तथा कार्यक्रममा सहयोग गर्नुहुने मनकारी सहयोगी दाताहरुमा धन्यवाद ज्ञापन समेत गरेको छ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय कक्षा