संयुक्त रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं,२० जेठ। बिश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एसोशियसन नेपालको आह्वानमा स्मार्ट एरोविक्स म्हेयपी,मिजा यलायन्स सोहखुट्टे र स्मार्ट बचत तथा ऋण सहकारी संस्था नयाँबजार फलफुलचोकको आयोजनामा भएको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदानमा सहभागीहरु

कार्यक्रमका प्रमुख अतिथी ब्लोदानका केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापतीका साथै विशेष अतिथि मानुषी यमीको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि सानुबाबु प्रजापती

सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि सानुबाबु प्रजापतीले रक्तदानका क्षेत्रमा ब्लोदानले खेलेको भुमिकाका साथै आउदै गरेको बिस्व रक्तदाता दिवसको बारेमा जानकारी दिनु भयो ।

सोही कार्यक्रममा आयोजक संस्थाका प्रमुख लगायत सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो भने । आजको यस रक्तदानमा १४१ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । सहभागी रक्तदाताहरुलाइ खादा तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने ३०० जना भन्दा बढीले निशुल्क स्वास्थ्य सिविरबाट स्वास्थ जाच गराउनु भएको आयोजकले बताएको छ ।

फोटोहरुको लागी यहाँ क्लीक गर्नुहोला

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू