साताव्यापी कार्यक्रम अन्तर्गत जनचेतना मुलक कार्यक्रम सम्पन्न


काठमाडौं,२४ जेठ । ब्लड डोनर्स एसोशियसन नेपाल ( ब्लोदान ) को आह्वान तथा आयोनामा आज पहिलो दिन ब्लड डोनर्स एसोशियसन नेपाल ( ब्लोदान ) ललितपुर जिल्ला शाखा सह-आयोजक रक्तदान जनचेतना र्याली सफलता पुर्वक सम्पन्न भएको छ ।

विहान ७:०० बजे लखनखेलबाट शुरू भइ ललितपुरका विभिन्न ठाउहरुकाे परिक्रमा गरी समापन भएको थियो । यस कार्यक्रममा सहयोगी संस्थाहरुमा स्टार अस्पताल लगायत ६ वटा संस्थाको प्रत्यक्ष सहभागीता रहेको थियो भने र्यालीमा नेपाल आर्मी, शसस्त्र प्रहरी का साथै विभिन्न् विद्यालयको पनि सहभागीता रहेको थियो भने ब्लोदान संग आवध्द विभिन्न संस्थाहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।   

विश्व रक्तदाता दिवस 2023 june 14 को सप्ताह व्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन २०८० साल जेठ २४ गते ब्लड डोनर्स एसोसिएसन ललितपुर जिल्ला शाखाको आयोजनामा रक्तदान जनचेतना र्यालीमा सहभागी हुनु हुने सम्पूर्ण महानुभावहरुलाई ब्लोदान ललितपुर जिल्ला शाखाले हार्दिक धन्यवाद व्यक्त गरेकाे छ ।

यस्तै भाेली विहान ६:३० बजे काेटेश्वर प्रहरी प्रभाग बाट शुरु भइ काेटेश्वर महादेव स्थानमा र्यालीको आयोजना गरीएकाे जानकारी ब्लोदानले दिएको छ ।

सम्बन्धित समाचार

सप्ताहव्यापी रुपमा विश्व रक्तदाता दिवस मनाईँदै

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू