काठमाण्डौ जिल्ला शाखाको चौधौ स्थापना दिवस मनाइयो


ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) काठमाण्डौ जिल्ला शाखा चौधौ स्थापना दिवस प्रज्ञा प्रेश कमलादीको सभाहलमा एक कार्यक्रमको आयोजना गरी मनाइयो ।

कार्यक्रमका सभापति काठमाण्डौ जिल्ला शाखाका अध्यक्ष श्री जनक कुमार खडका रहनु भएको थियो भने प्रमुख अतिथि कन्द्रीय अध्यक्ष ई सानुबाबु प्रजापति विशेष अतिथिमा परोपकार प्रशुति गृह अस्पताल रक्त संचार सेवाका प्रमुख परशुराम दाहाल र अतिथिमा केन्द्रीय रक्त स‌चार सेवा का प्रमुख राम श्रेष्ठ रहनु भएको थियो । साथै यस कार्यक्रममा ब्लोदान संग आवध्द विभिन्नसंध संस्थाका प्रतिनिधिहरूको उपस्थति थियो ।

कार्यक्रममको उद्घाटन काठमाण्डौ जिल्ला शाखाका अध्यक्ष श्री जनक कुमार खडका र केन्द्रका अध्यक्ष श्री सानुबाबु प्रजापतिले संयुक्त रुपमा केक काटी गरिएको थियो । भने स्वागत मन्तव्य उपाध्यक्ष तिलक अधिकारीले गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनु हुदै प्रशुत तथा स्त्री रोग अस्तपताल रक्त संचार सेवाका प्रमुख परशुराम दाहालले ब्लोदानका मातहतका शाखाहरूको रक्तदानका क्षेत्रमा उल्लेख्य योगदान रहेको बताउनु भयो । उहाले रक्तदाता र रगत स्वच्छ हुनु पर्ने बताउनु भयो ।

यस्तै शुभकामना दिने क्रममा केन्द्रीय रक्त संचार सेवाका राम श्रेष्ठले रगत र रक्तदाताको कमि नभएको मात्र व्यवस्थापन राम्रो हुदा अभाव कमि हुने बताउनु भयो । निश्वार्थ भावले सेवा गरे हाम्रो उद्देश्य पूरा हुने बताउनु भयो । साथै स्वच्छ र स्वस्थ रगतमा आनाकानी गर्न नहुनेकुरा बताउनु भयो ।

ब्लोदान मध्य क्षेत्रका अध्यक्ष आर वि ठकुरीले हामीले रक्तदानका क्षेत्रमा आफू संग रहेको समयलाई सही समाज सेवामा लगाएको बताउनु भयो । त्यस्तै शंखरापुर अध्यक्ष गौरीनाथ श्रेष्ठले रक्तदाताहरूलाई खुसीबनाएर रक्तदान गर्छौ भने रेडक्रसले ब्लोदानलाई एउटा अंश बनाउनु पर्ने बताउनुभयो

कार्यक्रममा शुभकामना दिनु हुदै ब्लोदान भक्तपुरका अध्यक्ष रूकेश रंजितले ब्लोदानले निरन्तर स्गापना दिवस मनाई रहोस भनी शुभकाकना दिनु भयो । प्रयोष नभएको रगत रक्त संचार सम्म फिर्ता ल्याउन सम्बन्धित पक्षलाइ प्रशिक्षण दिनु पर्ने बताउनुभयो ।

यसै कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य ढकालले संघको रगत र रक्तदानका कार्यक्रममा सहकार्ग हुने बताउने भयो । जनचेतनामुलक कार्यक्रम हरू गरीरहन आवस्यक रहेको बताउनु भयो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू