ब्लड डाेनर्स एशाेसियसन नेपाल (ब्लोदान) किर्तिपर नगर समितिले आफ्नाे दोश्रो वार्षिक साधारण सभाकाे मिति तय गरी सम्पुर्ण तयारीहरु पुरा गरेको छ ।
आगामी चैत्र १९ गते शनिवार विहान ७ ३० बजे बाट बैंग रेष्टुरेण्ट कीर्तिपुर-९, नगाउँ दोबाटोमा साधारण सभाकाे कार्यक्रम राखीएकाे कीर्तीपुर नगर समितिका सचिव रोकेश महर्जनले जानकारी दिनु भयो ।
यस दोश्रो साधारण सभाबाट ब्लोदान कीर्तिपुर शाखाले विरामीलाइ आवस्यक पर्ने रक्त तत्वकाे बारेमा यस क्षेत्रका सम्पुर्ण जनमानसमा जानकारी गराइ उत्प्रेरणा मुलक कार्यक्रमहरु संचालन गरी रक्तदानका क्षेत्रमा कार्य गर्ने अन्य विभिन्न संघ संस्थाहरुसंगको समन्वयमा रक्तदानका कार्यक्रमहरु निरन्तर रुपमा अगाडी बढाउने । आगामी वर्षहरुमा गर्ने कार्यक्रमहरुको रुपरेखा तयार गरी साेही अनुसार आफ्ना कार्यक्रमहरु जारी राख्ने समेत जानकारी दिएको छ ।
ब्लोदानका साथै रक्तदाका क्षेत्रमा कार्य गर्ने सबैलाइ उपस्थीत भइ कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न रक्तदाताहरुमाआह्वान समेत ब्लोदान कीर्तिपुर नगर समितिले गरेको छ ।
दोश्रो वार्षिक साधारण सभाकाे सफलताको शुभकामना सम्पुर्ण ब्लोदान परिवार गर्दछ ।