कामपा ३२ नं. वडामा वडास्तरीय रक्तदान उत्प्रेरणा कार्यक्रम सम्पन्न


मिति २०७८ चैत २५ गते
काठमाडौ महानगरपालिकाको सहयोगमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को आयोजनामा कामपा ३२ वडाको समन्वयमा कोटेश्वर महादेवस्थान ब्याङ्क्वेटमा स्वयंसेवी रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम स्थानीय संघसंस्था र महिला समुहका महानुभावहरु र कोटेश्वर सरस्वती मा. वि.का कक्षा १२ का विद्यार्थिहरु बीच सम्पन्न भयो ।
कार्यक्रमको सभापति तथा कार्यक्रमका संयोजक एवं ब्लोदानका केन्द्रीय उपाध्यक्ष उज्वल के. सी.ले उत्प्रेरणा कार्यक्रमको महत्व र उपादेयताका विषयमा चर्चा गर्नु हुँदै सहभागी सबैलाई स्वागत गर्नुभयो ।
उक्त अवसरमा प्रमुख अतिथि काठमाडौ महानगरपालिका सामाजिक विकास विभागका प्रमुख पदम केशर अधिकारीले काठमाडौ महानगरपालिकावाट नयाँ रक्तदाताहरु बढाउन, उत्प्रेरित गर्न र अन्य यस्तै कार्यक्रमका बारे जानकारी दिनु भयो ।
एकीकृत उपभोक्ता संघका अध्यक्ष मदन कुमार शिवाकोटी र कोटेस्वर सरस्वती मा. वि.का प्रद्यानाध्यापक पुष्प राज कुँवरले स्थानीय जनसमुदाय र विद्यार्थीहरुलाई लक्षित यस्ता कार्यक्रमले रक्तदान गर्न प्रेरित गर्ने बताउनु हुँदै कार्यक्रमको सफलताको शुभकामना दिनु भयो ।
नेरेसो, केन्द्रीय रक्तसंचार सेवा, ताहाचलका जनसम्पर्क अधिकृत राम श्रेष्ठले श्रोत ब्यक्तिको भुमिका निभाउनु हुँदै स्वस्थ्य ब्यक्तिलाई रक्तदान गर्न उत्प्रेरित गर्दै रगत के हो यसको महत्व मानव जिवनमा किन छ र रगतको प्राविधिक पक्षवाट सहभागीहरुलाई जानकारी दिनु भयो ।
ब्लड डोनर्स एशोसिएसन नेपाल ब्लोदानका केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जनले रक्तदानको इतिहास, ब्लोदानको स्थापना र रक्तदान किन, कस्ले, कसरी र कहाँ गर्ने भन्ने बारे सहभागीहरुलाई आफ्नो प्रस्तुतिमा जानकारी दिनुभयो ।
कार्यक्रमको अन्तमा ब्लोदान काठमाडौ जिल्ला शाखाका अध्यक्ष जनक खड्काले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो भने केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय कक्षा