“वडा स्तरीय उत्प्रेरणा कार्यक्रम” कामपा २३ वडामा सम्पन्न


ब्लड डोनर्स एशोसिएसन (ब्लोदान) को आयोजना, काठमाडौ महानगर पालिकाको सहयोग तथा कामपा २३ वडाको समन्वयमा आज मिति २०७८ चैत ४ गते शुक्रबार यङ्गाल स्थित ओलम्पस क्लबको सभाहलमा आयोजित रक्तदान सम्बन्धि उत्प्रेरणामुलक‌ कार्यक्रम सम्पन्न गरीयो ।

उक्त अवसरमा काठमाडौ महानगरपालिका सामाजिक विकास विभागका प्रमुख पदम केशर अधिकारी ज्युले कार्यक्रमको लागि महानगरपालिकावाट रक्तदाताहरु बढाउन उत्प्रेरित गर्ने जुन उधेस्यको लागि सहयोग गरिएको छ यस्को महत्व धेरै रहेको बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने र बढी भन्दा बढी सहभागिता सहित कार्यक्रम सफलताको कामना गर्नुभयो ।

केन्द्रीय रक्त संचार सेवा ताहाचलका जन सम्पर्क अधिकृत राम श्रेष्ठ ज्युले श्रोत ब्यक्तिको भुमिका निभाउनु हुन्दै स्वस्थ्य ब्यक्तिलाई रक्तदान गर्न उत्प्रेरित गर्दै रगत के हो यस्को महत्व मानव जिवनको लागि के छ ? रगतको प्राविधिक पक्षवाट सहभागी हरुलाई जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा सहभागी महानुभावहरुले धेरै जिज्ञासाहरु राख्ने र सोही अनुसारको जवाफ दिई अन्तरक्रीया गर्दा रगत, रक्तदान र उत्प्रेरणा कार्यक्रमले सार्थकता पाएको सबैले अनुभव गरिएको थियो ।

ब्लड डोनर्स एशोसिएसन नेपाल ब्लोदानका केन्द्रिय अध्यक्ष सानु बाबु प्रजापती ज्युले ब्लोदानको स्थापना नै जनमानसमा रक्तदानको महत्व बारे जागृत गर्दै स्वयसेवी रक्तदाता मार्फत बिरामीलाई रगत उपलब्ध गराउनको लागि भएको र रक्तदाता उत्प्रेरणा, जनचेतना मूलक कार्यक्रमहरुका साथै रक्तदातालाई सम्मान कार्यक्रम गर्ने गरेको बारे चर्चा गर्नु भयो ।

कार्यक्रमको अन्तमा ब्लोदान उत्प्रेरणा कार्यक्रमका संयोजक तथा उपाध्यक्ष उज्वल के सी ले सहभागीहरु, काठमाडौ महानगर पालिका, २३ वडा अध्यक्ष ज्यु , कर्मचारी र कार्यक्रम सफल बनाउन भुमिका खेल्नु भएका सबैलाई धन्यवाद ज्ञापन गर्दै रक्त संचार केन्द्रहरुमा रक्तत्वहरुको अभाव भै रहनुमा हामी आम नागरिकले स्वयंसेवि रुपमा समय समयमा रक्तदान नगर्नु, चेतनाको अभाव र समाजमा यस्को बारेमा जन जागरण नै ल्याउनु आबस्यक रहेको बारे चर्चा गर्नु भयो ।

आजको कार्यक्रम ब्लोदानका केन्द्रिय सदस्य बाल कृष्ण श्रेष्ठले सन्चालन गर्नु भएको थियो । आजकाे कार्यक्रम दोश्रो उत्प्रेरणामूलक कार्यक्रम हो ।

सम्बन्धित समाचारहरु

काठमाडौं महानगरपालिकाको सहयोगमा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय कक्षा