ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) पूर्वि भेगिय क्षेत्र कोटेश्वरले आज मिति २०८२ साल श्रावण २५ गते पाँचतारा साकोसको सभाहल पुरानो सिनामंगलमा १३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

प्रमुख अतिथि ब्लोदान केन्द्रका वरिष्ठ सल्लाहकार लोक नारायण सुवेदी जू द्वारा पानसमा वत्ती वाली १३औ साधारण सभा उदघाटन गर्नु हुदै ।
साधारण सभाको अध्यक्षता अध्यक्ष रवि रिमालले गर्नु भएको थियो भने प्रमुख अतिथि ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) पूर्वि भेगिय क्षेत्र कोटेश्वरका संस्थापक अध्यक्ष तथा ब्लोदान केन्द्रका वरिष्ठ सल्लाहकार श्री लोकनारायण सुवेदी रहनु भएको थियो भने विशेष अतिथीहरु ब्लोदान केन्द्रका उपाध्यक्ष उज्वल केसी ब्लोदान केन्द्रका निवर्तमान अध्यक्ष ई.सानुबाबु प्रजापती, सदस्यहरु बालकृष्ण श्रेष्ठ, जनक कुमार खड्का, खेलनाथ सिग्देल, राधाकुमारी श्रेष्ठ, विरेन्द्र मान श्रेष्ठ त्यस्तै ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) काठमाण्डौ जिल्ला शाखाका अध्यक्ष तिलक बहादुर अधिकारी, सदस्य सिता न्यौपाने (ईन्चार्ज पूर्वि भेगिय क्षेत्र) , ललितपुर जिल्ला शाखाका अध्यक्ष सानुलाल महर्जन लगायत सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
साधारण सभाको संचालन सचिव संगीता सर्माले गर्नु भएको थियो भने उद्घाटन प्रमुख अतिथी विशेष अतिथीले संयुक्त रुपमा जोर पानसमा बत्तीबाली गरीएको थियो । कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष माधवकुमार खड्काले ब्लोदानको वर्तमान अवस्थाको जानकारी गराउनु हुदै केन्द्रिय विधान संसोधन नगरी कुनै पनि क्षेत्र तथा जिल्ला भित्रका नगर समितीहरुको बैधानिकता नरहेको हुदा यस क्षेत्रले पेश गरेको संसोधित विधान अनुसार संसोधन हुनु पर्ने बताउनु भयो ।

१३औ साधारण सभावाट पारित भएका विधान मस्यौदा, कार्य प्रगती विवरण, आयव्यय विवरण र आगामी कार्ययोजना केन्द्रिय उपाधय्यक्ष तथा यस कार्यक्रमका विशेष अतिथि उज्वल केसीलाइ हस्तान्तरण गर्नु हुदै अध्यक्ष रवि रिमाल
यस्तै सभामा ब्लोदान केन्द्रका निवर्तमान अध्यक्ष ई सानुवाबु प्रजापतीले समय अनुसार विधान र कार्यक्षेत्र विस्तार गर्दै ब्लोदानको उद्देश्य अनुसार अघि बढ्न सुझाव दिनु भयो । साथै ब्लोदानमा पूर्वि भेगीय क्षेत्रले गरेका कार्यहरूको प्रशंशा गर्नु भयो । विशेष अतिथि ब्लोदान केन्द्रका उपाध्यक्ष उज्वल केसीले २०७७ सालमै संसोधनका लागी सबै प्रकृया पुरा गरे पनि स्थानिय अधिकारीबाट स्वीकृत नगरीएका कारण संसोधन हुन नसकेको अबको साधारण सभा बाट सबै बाधा अड्काउ हरु फुकाउ गरीने प्रतिवध्दता जाहेर गर्नुका साथै ब्लोदान केन्द्रका कार्यक्रमहरुका बारेमा जानकारी दिनुभयो ।
प्रमुख अतिथि लोकनारायण सुवेदीले ब्लोदानको उद्देश्य नै पवित्र भएकोहुदा खुल्ला हृदयले सबैले हातेमालो गर्दै मानविय कार्यमा लाग्न सबैमा आग्रह गर्नु भयो ।
आजको साधारण सभाबाट सचिव संगीता शर्माले पेश गर्नु भएको कार्य प्रगती विवरण सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजना र कोषाध्यक्ष रामहरी फुयालले पेश गर्नु भएको आय व्यय विवरण र अध्यक्ष रवि रिमालले पेश गर्नु भएको आगामी कार्ययोजना अन्तर्गत जनचेतनामुलक कार्यक्रमका लागी आवस्यक बजेट सहित खाका पारित गरीनु का साथै रवि रिमालको संयोजकत्वमा उपाध्यक्ष माधव कुमार खड्का सचिव संगीता शर्मा सहित गठीत ३ सदस्यीय विधान मस्यौदा समितिले तयार पारिएको विधान पारीत गरी केन्द्रिय उपाध्यक्ष उज्वल केसी र काठमाण्डौ जिल्ला शाखाका अध्यक्ष तिलक बहादुर अधिकारीलाइ हस्तान्तरण समेत गरीएको थियो ।

१३औ साधारण सभावाट पारित भएका विधान मस्यौदा, कार्य प्रगती विवरण, आयव्यय विवरण र आगामी कार्ययोजना काठमाण्डौ जिल्ला अध्यक्ष तथा यस कार्यक्रमका विशेष अतिथि तिलक बहादुर अधिकारी हस्तान्तरण गर्नु हुदै अध्यक्ष रवि रिमाल
कार्यक्रममा गत आर्थिक वर्षमा ब्लोदान पूर्वि भेगिय क्षेत्र कोटेश्वरलाइ सहयोग र साथ दिनुहुने सबै प्रति आभार प्रकट गरिएको थियो ।