२०७८/१२/१९ ललितपुर । ६३ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा ग्लोबल बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) ललितपुर जिल्ला शाखाको संयोजनमा ललितपुरको महालक्ष्मी नगरपालिका-५, टिकाथलीमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।
आजको कार्यक्रमको प्राविधिक सहयोग परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल रक्तसंचार सेवाको रहेको थियो । कार्यक्रममा उत्साहजनक रक्तदाताहरुको उपस्थिती रहेको थियो । जसमा ६० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको ब्लोदान ललितपुरका सदस्य तुलसा देवी श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रममा ब्लोदान महासचिव केशव महर्जन, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल रक्तसंचार सेवाका प्रमुख परशुराम दाहाल उपस्थित हुनुभएको थियो भने आयोजक सहकारी संस्थाका पदाधिकारीहरु, ब्लोदान ललितपुरका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
रक्तसंचार सेवाका प्रमुख दाहालले संकलन गरिएको रगत आवश्यक परीक्षण पश्चात आवश्यक परेको विरामीलाई प्रदान गरिने बताउनु भयो । ब्लोदानको आयोजना तथा संयोजनमा देशका विभिन्न स्थानहरुमा रक्तदानका कार्यक्रमका साथै रक्तदाताहरुलाइ उत्प्रेरणा कार्यक्रमहरु पनि संचालन गर्दै आएकोमा खुसी व्यक्त गर्दै रक्तदान कार्यक्रमले थापाथली लगायत अन्य अस्पतालमा रगतको अभावलाइ केही मात्रामा न्युनिकरण गरेको इन्चार्ज दाहालले बताउनुभयो ।
Photo @ Globle Media