ललितपुरमा पुन: साधुरामको नेतृत्व


मिति २०८०/१०/१३ गते । ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) ललितपुर जिल्ला शाखाले आज संस्थाको कार्यालय लगनखेलमा पाचौ अधिवेसन सम्पन्न गरेको छ । पाचौ अधिवेसनबाट साधुराम महर्जनको नेतृत्वमा १७ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएका हुन ।  

अधिवेशनमा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष ई. सानुवाबु प्रजापती रहनु भएको थियो भने विशेष अतिथि के. उपाध्यक्ष राजेश श्रेष्ठ अतिथिहरुमा के.महासचिव केशव महर्जन, के. सचिव पुरुषोत्तम खत्री, के.सदस्य रवि रिमाल, काठमाण्डौं जिल्ला शाखाका अध्यक्ष जनक कुमार खड्का, भक्तपुर जिल्ला शाखाका अध्यक्ष रुकेश रंजीत, काठमाण्डौं जिल्ला शाखाका सचिव कृष्ण बहादुर मानन्धर समेतको सहभागीता रहेको थियो ।

कार्यकर्ममा प्रमुख अतिथि सानुबाबु प्रजापतीले समाज प्रति ब्लोदानको भुमिका र आवस्यकताका बारेमा बताउनुहुदै हाल कायम रहेका सदस्यहरुलाइ धन्यवाद दिनु हुदै नव निर्वाचित हुनु हुने पदाधीकारीहरुलाइ आगामी दिनमा अझ बढी रक्तदान तथा रक्ततत्वकाबारेमा कार्य गर्न हौसला प्रदान गर्नु भयो ।

पाँचौ अधिवेशनका अवसरमा ललितपुर जिल्ला शाखाले रक्तदानका क्षेत्रमा उल्लेख्य सहयोग गर्नु भएका महिला समुहका प्रतिनिधी र उद्योग बाणीज्य महासंघका प्रतिनिधी ज्यू लाइ सम्मान समेत गरेको थियो ।

के.सचिव पुरुषोत्तम खत्री संयोजक रहेको निर्वाचन मण्डलमा काठमाण्डौं जिल्ला शाखाका अध्यक्ष जनक कुमार खड्का, भक्तपुर जिल्ला शाखाका अध्यक्ष रुकेश रंजीत समेत ३ जनाको निर्वाचन मण्डलले महर्जन नेतृत्वको कार्यसमिति सर्व सम्मत्तीले निर्वाचित भएको घोषणा गर्नु हुदै नवनिर्वाचित पदाधीकारीहरुलाइ पद तथा गोपनियताको सपथ गराउदै टीका तथा खादाले आगामी कार्यकालको सफलताको शुभकामना प्रदान गर्नुका साथै निर्वाचनका क्रममा उम्मेदवारहरुबाट उठेको ७२००/- रुपैया नवनिर्वाचित अध्यक्ष श्री साधुराम महर्जनलाइ हस्तान्तरण गर्नु भएको थियो ।

नव निर्वाचित पदाधीकारी हरु

सि.नं.पदनाम थर 
१.अध्यक्षसाधुराम महर्जन
२.उपाध्यक्षसानुलाल महर्जन
३.उपाध्यक्षमदन श्रेष्ठ
४.सचिवपुर्ण बहादुर राना
५.सह-सचिवसत्यनारायण  महर्जन
६.कोषाध्यक्षनानी महर्जन
७.सदस्यपुजा रेग्मी महन्त
८. रोशन महर्जन
९. सुनिल महर्जन (क)
१०. न्हुच्छे बहादुर महर्जन
११. सरस्वति महर्जन
१२. सुनिल महर्जन (ख)
१३. आसाराम महर्जन
१४. हरिकृष्ण पहरी
१५. हरि बहादुर श्रेष्ठ ( नविन )
१६. प्रतिक तामाङ्ग
१७. कार्य समितिले मनोनयन गर्ने

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू