स्व. महेन्द्र विलास जोशीको पाँचौं वार्षिक पुण्य तिथिको सम्झनामा कार्यक्रम


मिति २०७८ चैत्र २६ गते शनिबारका दिन मंका: समाज, खुसिबुँ, लिंकरोडको आयोजनामा मंका: समाजको संस्थापक अध्यक्ष, काठमाडौ महानगरपालिका वडा नं. १७, सिम्रीक युवा परिवार तथा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) का पुर्व अध्यक्ष एवं समाजसेवी स्व. महेन्द्र विलास जोशीको पाँचौं वार्षिक पुण्य तिथिको सम्झनामा ११औं रक्तदान कार्यक्रम तथा नि:शुल्क मुटु एवं दन्त परिक्षण कार्यक्रम खुसिबुँको विनायक मल्टि भेन्युमा सम्पन्न भयो ।

बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री माननीय वसन्त मानन्धरको प्रमुख आतिथ्यता एवं कामपा १७ वडाका अध्यक्ष नबिन मानन्धरको विशेष आतिथ्यतामा रक्तदान कार्यक्रम नेरेसो, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा र नि:शुल्क मुटु तथा दन्त परिक्षण निलय डाइग्नोष्टिक एण्ड क्लिनिक तथा निलय डेण्टल प्रा. लि.को सहयोगमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिनुहुँदै माननीय वसन्त मानन्धरले स्व. महेन्द्र विलास जोशी एक समाजसेवी एवं कुशल राजनितिज्ञ रहेको बताउनुहुंदै उहाँले कामपा १७ वडाको निर्वाचित अध्यक्षको रूपमा कुशलतापूर्वक कार्यसम्पादन गर्नुभएको बताउनु भयो । साथै ब्लड डोनर्स एशोसिएशन नेपालको अध्यक्ष भै स्वयंसेवी रक्तदानको क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनु भएको स्मरण गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथी तथा विशेष अतिथीहरूलाई मंका: समाजका अध्यक्ष सूर्यमान महर्जनले मायाको चिनो प्रदान गर्नुभएको थियो भने रक्तदाताहरूलाई फ्रेम सहितको रक्तदाता सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

अन्तमा कार्यक्रममा उपस्तिथ हुनुभै रक्तदान गर्ने स्वयंसेवी रक्तदाता महानुभावहरू, स्वास्थ्य परिक्षणमा सहयोग पुर्‍याउनु हुने निलय डाइग्नोष्टिक तथा निलय डेण्टल, रक्त संकलन गर्ने प्राविधिक टोलीका सदस्यहरू लगायत कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउनु हुने सम्पूर्ण महानुभावहरू एवं संघसंस्थाहरूलाई आयोजक परिवारको तर्फबाट कृपा श्रेष्ठले धन्यवाद दिनुभयो ।

कार्यक्रममा ब्लोदानका तर्फबाट केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापति र केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जनको उपस्थिती रहेको थियो ।

स्मरणीय छ, मंका: समाजले त्यस समाजका संस्थापक अध्यक्ष स्व. महेन्द्र विलास जोशीको सम्झना हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय कक्षा