रामेश्वर नारायण मानन्धरको तेश्रो वार्षिक पुण्यतिथिको सम्झनामा रक्तदान


आज मिति २०७८ माघ २५ गते मङ्गलबारका दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाका सचिव कृष्णप्रसाद मानन्धरको स्व. पिता रामेश्वर नारायण मानन्धरको तेश्रो वार्षिक पुण्यतिथिको सम्झनामा उहाँको सुगति निर्वाण कामना सहित उहाँकै परिवारको आयोजनामा विशेष रक्तदान कार्यक्रम सम्पन्न भयो ।

आफ्नै निवास अगाडि ठमेल डबलीमा कान्तिपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा जम्मा ३६ युनिट रगत संकलन भएको थियो ।सो कार्यक्रममा रक्तदान गर्नुहुने सम्पूर्ण स्वयंसेवी रक्तदाता महानुभावहरूलाई मायाको चिनोस्वरूप ब्लोदानको लोगो अंकित टोपी र प्रमाणपत्र प्रदान गरिएको थियो ।उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा सदस्य तिर्थकाजी महर्जन, ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापती, सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठ, ब्लोदान काठमाडौं जिल्ला अध्यक्ष जनककुमार खड्का, मध्य क्षेत्रका का. वा. अध्यक्ष राम बहादुर ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा ब्लोदानका केन्द्रीय सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठले ९९औं पटक आयोजक कृष्णप्रसाद मानन्धरले ६६ औं पटक र ब्लोदानका केन्द्रीय सचिव पुरुषोत्तम खत्रीले ६२औं पटक रक्तदान गरेको बताउनु भयो ।आयोजक कृष्णप्रसाद मानन्धरले दिवंगत परिवारको सम्झनामा गरिने विभिन्न पुण्यकार्यहरू मध्ये यो पनि एउटा ठूलो पुण्यकार्यकोरूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

साथै यस कार्यक्रमले अस्पतालमा उपचाररत विरामीहरूको लागि आवश्यक रगत व्यवस्थापनमा केही मात्रामा भएपनि सहज हुनेमा विश्वास व्यक्त गर्दै कार्यक्रममा उपस्थित हुनुभै आफ्नो अमुल्य रगत दान गर्नुभएका स्वयंसेवी रक्तदाता महानुभावहरू, कार्यक्रम सफल पार्न सहयोग पुर्‍याउनु भएका ब्लोदान केन्द्र, जिल्ला तथा मध्यक्षेत्रका पदाधिकारी एवं सदस्यहरू, प्राविधिक टोलीका सदस्यहरू एवं अन्य सहयोगी महानुभावहरूलाई हार्दिक धन्यवाद दिनुभयो ।

फोटो फिचर+77

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय विशेष कक्षा