रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न


२०७९ वैशाख २५ गते ।

काठमाडौ महानगरपालिकाको सहयोगमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को आयोजनामा कामपा १७ वडाको समन्वयमा स्वयंसेवी रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम स्थानीय संघसंस्था र विद्यालयका शिक्षक, शिक्षिका र शान्ति शिक्षा मन्दिर मा. वि.का विद्यार्थिहरु बीच सम्पन्न भयो ।

कार्यक्रमका संयोजक एवं ब्लोदानका केन्द्रीय उपाध्यक्ष उज्वल के. सी.ले ब्लोदानको स्थापना तथा उत्प्रेरणा कार्यक्रमको महत्व र उपादेयताका विषयमा चर्चा गर्नु हुँदै सहभागी सबैलाई स्वागत गर्नुभयो । शान्ति शिक्षा मन्दिर मा. वि.का सह–प्रधानाध्यापक सुजित श्रेष्ठले ब्लाेदानले स्थानीय जनसमुदाय र विद्यार्थीहरुलाई लक्षित यस्ता कार्यक्रमले रक्तदान गर्न प्रेरित गर्ने बताउनु हुँदै कार्यक्रमको सफलताको शुभकामना दिनु भयो । साथै यस्ताे मानवीय कार्यमा त्यस विद्यालयको निरन्तर सहयोग रहने बताउनु भयो ।

नेरेसो, केन्द्रीय रक्तसंचार सेवा, ताहाचलका वरिष्ठ प्राविधिक राजेन्द्र रायले श्रोत व्यक्तिकाे भुमिका निभाउनु हुँदै रगत के हो यसको महत्व मानव जिवनमा किन छ र रगतको रगतको भण्डारण तथा उपयोगिता सहित प्राविधिक पक्षबारे सहभागीहरुलाई जानकारी दिनु भयो । ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान)का केन्द्रीय अध्यक्ष इ. सानु बाबु प्रजापतिले रक्तदानको इतिहास, ब्लोदानको स्थापना र रक्तदान किन, कस्ले, कसरी र कहाँ गर्ने भन्ने बारे सहभागीहरुलाई आफ्नो प्रस्तुतिमा जानकारी दिनुभयो ।

कार्यक्रमको अन्तमा ब्लोदानका केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जनले कार्यक्रम सफल पार्न सहयोग पु¥याउनु हुने विद्यालय प्रशासन लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय कक्षा