Blood Doners Association of Nepal (Blodan) ले हरेक वर्ष मनाउदै आएको राष्ट्रिय रक्तदाता दिवस फागुन १६ गते देखी २२ गते सम्म विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।
ब्लोदान द्वारा आज इलिप्स स्कुल सोह्रखुट्टेमा आयोजना गरीएको परिचयात्मक तथा अन्तकृया कार्यक्रममा अध्यक्ष सानुबाबु प्रजापतीले सो कुरा बताउनु का साथै संस्थाको उद्देश्य लगायत संस्थाले अहिले सम्म गरेका प्रयासबाट प्राप्त गरेका सफलताका बारेमा प्रकाश पार्नु भयो ।
राष्ट्रिय रक्तदाता दिवसको सप्ताहव्यापी रक्तदान कार्यक्रम अवधिभर ब्लोदानको आह्वानमा गरीएका सबै कार्यक्रमहरुलाइ २२ गतेका दिन एक कार्यक्रमको आयोजना गरी सम्मान गरीने समेत जानकारी अध्यक्ष सानुबाबु प्रजापतीले दिनु भयो ।
यस्ता कार्यक्रमहरु जिल्ला शाखा तथा मातहतका शाखाहरुले पनि समय समयमा गरी रहनु पर्ने । र ब्लोदानको आयोजनामा हुन लागी रहेको साताव्यापी कार्यक्रमलाइ सफलतापुर्वक सम्पन्न गर्न काठमाण्डौं जिल्ला मातहतका सबै क्षेत्र तथा वडा नगर समितीका सदस्यहरुलाइ आह्वान गर्नु भयो ।
यस कार्यक्रममा ब्लोदानका अन्य पदाधीकारी लगायत विभिन्न शाखाका पदाधीकारी लगायत सदस्यहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन महासचिव केशव महर्जनले गर्नु भएको थियो ।
विभिन्न सदस्य संस्थाका पदाधीकारी हरुले राख्नु भएको जिज्ञासा हरुमा सम्बन्धीत समितिका संयोजक लगायत सदस्यहरुले जवाफ दिनु भएको थियो ।
ब्लोदानले काठमाण्डौं महानगरपालीका संगको सहकार्यमा २०७९ असार मसान्त सम्ममा ६ वटा वडाहरुमा उत्प्रेरणा लगायत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने जस मध्ये एउटा कार्यक्रम यस वर्षको राष्ट्रिय रक्तदाता दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत एउटा वडामा गर्ने तर कुन वडामा गर्ने भन्ने कुरा चाडैनै बाहीर ल्याउने भनि उत्प्रेरणा तथा जनचेतनामुलक उपसमितीका संयोजक तथा उपाध्यक्ष उज्वल केसीले बताउनु भयो ।
यस्तै प्रचार प्रसार समितीका सदस्य रवि रिमालले ब्लोदानको आयोजना, सहभागीता, वा आह्वानमा भएका सम्पुर्ण कार्यक्रमहरुको प्रचार प्रसारमा सहयोग पुर्याउन हुन सबै सदस्यहरुलाइ आग्रह गर्नु भयो । साथै उहाले ब्लोदानले पनि समय सापेक्ष प्रचार प्रशार गर्न कन्जुस्याइ गर्न नहुने कुरामा जोड दिनुका साथै ब्लोदानको फेसबुक तथा वेवसाइटलाइ चुस्त दुरुस्त राख्नु पर्ने बताउनु भयो ।
साना तिना कमीकमजाेरीहरु कही कतै रहे त्यसलाइ न्यूनिकरण गर्दै लैजानु पर्ने कुरामा जाेड दिदै राष्ट्रिय रक्तदाता दिवसका अवसरमा काठमाण्डौं जिल्लाले समेत विशेष कार्यक्रम गर्ने जानकारी काठमाण्डौ जिल्ला शाखाका अध्यक्ष जनक कुमार खडकाले दिनु भयो ।
ब्लोदान २५० सदस्य छाता संगठनभएता पनि छोटो समयमा कार्यक्रम आयोजना गरीएको र कार्यक्रम धेरै जुधेको हुँदा सबै जिल्ला क्षेत्र को उपस्थित हुन नसकेता पनि उपस्थित हुनु हुने सबैलाई धन्यवाद छ ।
सन्दर्भ समाचारहरु
रक्तदाता दिवसका कार्यक्रमहरु