ब्लोदान द्वारा ८ औ राष्ट्रिय रक्तदाता दिवस मनाइयो 


फागुन २७ २०७९ । ब्लड डोनर्स यशोसियसन नेपाल (ब्लोदान) ले आज नेपा: व्याक्वेट खुसीवुमा एक कार्यक्रमको आयोजना गरी ८ औ राष्ट्रिय रक्तदाता दिवस समापन गरेको छ । हरेक वर्ष फागुन २२ गतेका दिन मनाउने यस दिवस यस वर्ष सोही दिन फागु पुर्णीमा परेको हुदा साता व्यापी विभिन्न कार्यक्रम गरी आज समापन गरिएको हो ।

नेपालमा पहिलो विक्रम सम्बत २००० सालमा रक्तदाता दयाविर कंशाकारले पहिलो पटक रक्तदान गरेको दिन भएका कारण फागुन २२ गतेलाइ राष्ट्रिय रक्तदाता दिवसको रुपमा ब्लोदानले मनाउदै आएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ महानगरपालीकाका उपमेयर श्री सुनिता डंगोलको आतिथ्य तथा ब्लोदानका अध्यक्ष इ.सानुबाबु प्रजापतिको अध्यक्षतामा सम्मन्न कार्यक्रममा केन्द्रिय रक्तसंचार केन्द्र सेवा नेरेसो का कार्यकारी निर्देशक श्री उमेश ढकाल लगायत प्रशुतिगृह ब्लड बैंक का प्रमुख परशुराम दाहाल, कान्तिपुर ब्लड बैंकका प्रमुख टीकाराम मण्डल, भक्तपुर ब्लड बैंकका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

कर्यक्रमको उद्घाटन प्रमुख अतिथि उपमेयर श्री सुनिता डंगोल ज्यू ले पानसमा बत्ती बाली गर्नु भएको थियो ।

उपस्थित प्रमुख अतिथि लगायत अतिथिज्यूहरुलाइ खादा लगाइ सम्मान गरिएको थियो ।

ऋाजको कार्यक्रम संचालन ब्लोदानका केन्द्रिय सदस्य भोलानाथ पाठकले गर्नु भएको थियो भने स्वागत मन्तव्य राजेश श्रेष्ठ ज्यूले गर्नु भएको थियो । उहाले संस्थाको भुमिकाका बारेमा संक्षीप्त जानकारी दिनुका साथै सम्पुर्ण रक्तदाताहरु प्रति नमन गर्नु भयो ।

स्वागत मन्तव्यकै क्रममा वरिष्ठ सल्लाहकार श्री लोकनारायण सुवेदीले विरामीलाइ निशुल्क रगत प्राप्त हुने व्यवस्था मिलाउन आवस्यक रहेको बताउनु भयो ।

सम्मान कार्यक्रम मा ब्लोदान पुर्वि भेगीय क्षेत्र कोटेश्वर लगायत ३४ वटा संस्थाहरुलाइ कार्यक्रममा प्रमुख अतिथि श्री सुनिता डंगोल ज्यू बाट सम्मान पत्रद्धारा सम्मान गरीयो । यस वर्ष सम्मानित हुने स‌स्थाहरुले गत फागुन १८ गते देखि २६ गते सम्म रक्तदान तथा रक्ततत्व सम्बन्धि विभिन्न कार्यक्रम आयोजना गर्ने संस्थाहरुलाइ गरीएकाे थियो ।

मन्तव्यका क्रममा प्रमुख अतिथि काठण्माण्डौ महानगरपालीकाका उपमेयर सुनिता डंगोल ज्यू ले राष्ट्रिय रक्तदाता दिवसका अवसरमा भएका रक्ततत्व सम्बन्धि कार्यक्रम आयोजन गर्नु भएका विभिन्न संघ संस्थाहरुलाइ सम्मान गर्न पाउदा खुसी भएको बताउनु भयो । महानगरपालीकाले रक्तदान सम्त्रन्धी कार्यक्रमहरुमा आवस्यक सहयोग गर्ने बताउनु भयो ।

रक्ततत्व सम्बन्धी ब्लोदान जस्तै विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरी अगाडी बढनु पर्ने बताउनु भयो ।

यो क्षेत्रमा कार्य गर्ने व्यक्ती वा संस्थाहरुमा इमान्दारीता मजवुत बनाउदै लैजानु पर्ने कुरामा जोड दिनु भयो ।

रक्तदान सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु समय समयमा गरी रहनु पर्ने र यसका लागी ब्लोदानले पहल गर्नु पर्ने बताउनु भयो ।

प्रमुख अतिथि लाइ कार्यक्रमा सभापति तथा ब्लोदान का अध्यक्ष श्री सानुबाबु प्रजापतिद्धारा माया को चिनो प्रदान गरीयो ।

कार्यक्रमा टियू लायन्स ब्लड बैंक एण्ड रिसर्च सेण्टरका महासचिवं श्री अजय प्रसाद खनाल ज्यू ले कार्यक्रमको सफलताको सुभकामना व्यक्त गर्ने विरामीका लागी लगिएको रगतहरुको प्रयोग भए नभएको जानकारी लिनु पर्ने बताउनु भयो

ब्लोदानका संस्थापक सुवर्णराज लम्साल ज्युले मन्तव्य राख्नु हुदै स्वस्थ रगतका लागी विशेश कार्य गर्नु पर्ने बताउनु भयो ।

ब्लोदानले ब्लड बैकहरुविच समन्वय गरी विरामीहरुलाइ सहजरुपमा पुर्ति गर्न पहल गर्नु पर्ने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक श्री उमेश ढकाल ज्यूले संस्थाको स्थापनाकाल देखि हाल सम्म ब्लोदान र नेरेसोले रक्तदानका क्षेत्रमा साझा उद्धेश्यका लागी हातेमालो गर्दे रक्तदान लगायत उत्पेरणा, जनचेतनाका क्षेत्रमा कार्य गरी आएको र आगामी दिनमा पनि यो सहकार्यलाइ निरन्तरता दिदै जाने बताउनु भयो । 

कार्यक्रमको अन्तमा ब्लोदानका अध्यक्ष तथा यस कार्यक्रमका सभाध्यक्ष इ सानुबाबु प्रजापति ले अग्रज रक्तदाताहरु लगायत संस्थापक सदस्यहरुको योगदानको कदर गर्दे रक्तदानका क्षेत्रमा कार्यगर्ने सबै संस्थाहरु संग सहकार्य गरी अगाडी बढ्ने बताउनु भयो ।

अन्य तस्वीरहरुकाे लागी यहा क्लीक गर्नुहोस

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू