New Year 2020 Celebration with Blood Donation


आज मिति २०७६ पौष १६ गते तदनुसार १ जनवरी २०२०का दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) तथा काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को संयोजन तथा सहलह: बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा रक्तदान कार्यक्रम संस्थाको प्राङ्गण, सामाखुसी, काठमाडौंमा सम्पन्न भयो । केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा जम्मा ४६ जना स्वयंसेवी रक्तदाता महानुभावहरूले रक्तदान गर्नुभयो ।सो अवसरमा रक्तदाता महानुभावहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सो कार्यक्रमले उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीहरूको लागि रगत व्यवस्थापन गर्नमा सहज हुने विश्वास लिइएको छ भने आयोजक, रक्तदाता तथा सहयोगीहरू सबैमा ब्लोदान तथा कास्कून परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू