ब्लोदानको २६ औ साधारण सभा हुने


ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले आफ्नो नियमित साधारण सभा २०८० साल भाद्र महिनाको २३ गते शनिवार विहान ११ बजे नेपा व्याङ्वेटमा गर्ने जानकारी दिएको छ ।

साधारण सभामा महासचिव तथा कोषाध्यक्षको प्रतिवेदनमाथी छलफल गरी सो को अनुमोदन गर्ने र आगामी आ.ब.२०८०/८१ को लागी लेखा परिक्षक को नियुक्ती तथा निजको पारिश्रमित तोक्नुका साथै । रक्तदानका क्षेत्रमा उल्लेख्य योगदान गर्नु हुने संघ संस्था तथा ब्लोदानको सदस्य रही उल्लेख्य योगदान गर्नु हुने सदस्यलाइ ब्लोदान अफ दि इयर बाट सम्मान समेत गर्ने जानकारी दिएको छ ।

२६ औ साधारण सभामा उपस्थित हुन सम्पुर्ण आवध्द संघ संस्था केन्द्रिय पार्षदहरुले अनिवार्य रुपमा सदस्य संस्थाको आधिकारीक पत्र सहित उपस्थित हुन अनुरोध गरीएको छ । साथै सभामा प्रतिनिधि हुन इच्छुक आजीवन सदस्यहरुले केन्द्रिय कार्य समितिको सचिवालयमा सम्पर्क राखी विधान अनुसार शुल्क बुझाउनु हुन अनुरोध समेत ब्लोदान ले बताएको छ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू