Press Conference 2019


काठमाडौं, जेष्ठ २२ गते ।

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले विगत वर्षहरुमा झैं यस वर्ष पनि विश्व रक्तदाता दिवस विभिन्न सप्ताहव्यापी कार्यक्रमहरुको आयोजना गरी मनाउने जानकारी गराएको छ । यहि विषयका बारे जानकारी गराउन २०७६ जेष्ठ २२ गते रिपोर्टर्स क्लबमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

जस अनुसार, यही जेठ २४ गतेदेखि जेठ ३१ गतेसम्म आयोजना हुने सप्ताहव्यापी कार्यक्रमहरुमा जेष्ठ २४ गते विहान रक्तदाता जनचेतना ¥याली, दिउँसो रक्तदान सम्बन्धी महिला अन्तरक्रिया, २५ गते विहान बलम्बुमा मोटरसाइकल ¥याली, विभिन्न ठाउँमा रक्तदान कार्यक्रम तथा नेगेटिभ रक्तदाताहरुबीच अन्तरक्रिया कार्यक्रम, २७ गते उपत्यकाव्यापी विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, २८ गते उपत्यकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, २९ गते रक्तदान कार्यक्रम, ३१ गते विश्व रक्तदाता दिवस मूल समारोह सम्मान तथा पुरस्कार वितरण कार्यक्रम रहेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले ब्लोदानले सन् २००४ देखि नै यो दिवस साप्ताहिक कार्यक्रमका साथ मनाउँदै आइरहेको जानकारी गराउँदै यस वर्ष पनि ‘सबैका लागि सुरक्षित रगत’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस–२०१९ मनाउन गइरहेको जानकारी गराउँदै यस अवसरमा रक्तदानको क्षेत्रमा विशेष योगदान पु¥याउनुहुने महानुभाव तथा संघसंस्थाहरुलाई सम्मान गरिनुका साथै बढी रक्त संकलन गर्ने संघ÷संस्थाहरुलाई विभिन्न विधामा रनिङ्ग शिल्डबाट र स्वयंसेवी रक्तदाताहरुलाई पटकको आधारमा डोनर पीनबाट सम्मानित गर्दै आइरहेको जानकारी गराउनु भयो ।

त्यस्तै सञ्चारकर्मी तथा हाँस्यकलाकार श्रीकृष्ण सिम्खडा आफु यस कार्यमा निरन्तर लागिरहने र आवश्यक सहयोग गर्ने पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा ब्लोदानका बरिष्ठ सल्लाहकार तथा सञ्चारकर्मी लोकनारायण सुवेदीले नेपालको संविधानले स्वास्थ्य र शिक्षालाई मौलिक हक अन्तर्गत राखेको जानकारी गराउँदै उपचारको क्रममा आवश्यक पर्ने रगतमा अनुदान दिनु पर्नेमा ध्यानाकर्षण गर्नुभयो । ब्लोदानका सल्लाहकार ललिक बहादुर महर्जनले पनि रक्तदानको महत्वबारे बोल्दै विश्व रक्तदाता दिवसलाई नेपालमा भव्य रुपमा मनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

आजको कार्यक्रममा स्वागत मन्तव्य ब्लोदानका महासचिव केशब महर्जनले राखेका थिए भने साप्ताहिक कार्यक्रम बारे ब्लोदानका उपाध्यक्ष तथा मूल समारोह समितिका संयोजक सूर्यलाल महर्जनले जानकारी गराउनु भएको थियो । सो कार्यक्रम ब्लोदानका केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू