स्वर्गीय माता पिताको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न


 मिति २०७८ चैत्र १२ गते शनिबार I ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को आह्वानमा ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्रको सदस्य रामदेवी श्रेष्ठको पुजनीय पिता स्व. चन्द्रमान महर्जन तथा आमा स्व. मोतिमाया महर्जनको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरियो ।

rbt

काठमाडौंको बालाजु चोकमा कान्तिपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा जम्मा २७ युनिट रगत संकलन भएको थियो । सो कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापती लगायत केन्द्रीय, जिल्ला तथा क्षेत्रीय पदाधिकारी एवं सदस्यहरूको उपस्थिती रहेको थियो ।

स्व. आमा बुवाको सम्झनामा रक्तदान जस्तो पुण्यको कार्य गर्न पाएकोमा अत्यन्त खुशी व्यक्त गर्दै दिवंगत हुनु भैसकेका अग्रजहरुकाे समाज परिवर्तनमा सकारात्मक साेच र सामाजीक कार्यमा निरन्तर लागी रहन निरन्तर प्रेरणा तथा हौसलाको स्मरण गर्दै उहाँहरूको सम्झनामा पुण्यकार्य गर्नु बाहेक अर्को विकल्प नरहेको बताउनु भयो । साथै यस रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने सबैमा आयोजकको तर्फबाट रामदेवी श्रेष्ठ तथा उहाँको छोरा राजेश श्रेष्ठ लगायत परिवारका सबै सदस्यहरूले धन्यवाद दिनुभयो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय विशेष कक्षा