कसा: परिवारको रक्तदान


ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) का संस्थापक अध्यक्ष स्व. शरद कसाःको सातौं वार्षिक पुण्य तिथिको सम्झनामा कसा: परिवारले रक्तदान सम्पन्न गरेको छ ।

स्व. शरद कसाःको सातौं वार्षिक पुण्य तिथिको सम्झनामा पुतलीसडक, शंकरदेव क्याम्पस परिषरमा विहान १० बजे देखि रक्तदान कार्यक्रम भएको हो ।

विक्रम सम्वत २००६ साल पोष १८ गते जन्मनु भएका कसा मिति २०७३ साल असार ६ गते निधन भएको थियो । उहाको सम्झनामा उहाका परिवारले हरेक वर्ष आजकै दिन रक्तदान गर्दै आएको छ ।

स्व. शरद कसाः स्वयंसेवी रक्तदान सम्बन्धी जनचेतना फैलाई स्वयंसेवी रक्तदाता अभिवृद्धि गर्दै उपचारको लागि रगत आवश्यक पर्ने विरामीलाई स्वस्थ रगत सहजरुपमा उपलब्ध गराउने महान उद्देश्यले वि.सं. २०४६ सालमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) नामक संस्था खडा गरी उक्त संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । भने संस्थामा हाल उहाकी धर्मपत्नी भारती कसा: सल्लाहकार हुनु हुन्छ ।

उहाले आफ्नो जीवनको आधाभन्दा बढी समय नेपालमा स्वयंसेवी रक्तदान अभिवृद्धि गर्ने कार्यमा विताउनु भयो । स्वयंसेवी रक्तदानको क्षेत्रमा उहाँको योगदान सदैव स्मरणीय रहनेछ ।

आजको कार्यक्रममा ब्लोदानका केन्द्रिय पदाधिकारीहरु र ब्लोदान मध्य क्षेत्रका अध्यक्ष लगायत पदाधीकारीहरुका साथै स्वयंसेवी रक्तदाताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

रक्तदानमा पुरुष १७ स्वंयसेवी रक्तदाता त्यस्तै महिला ८ रक्तदाता समेत गरी कुल २५ रक्तदाताले रक्तदान गरेका थिए । रक्तदाताहरुलाइ सम्मान पत्र सहित सम्मान गरीएको थियो ।

नामावली

सिनंरक्तदाता नंनाम थरसम्पर्क
०११३९८०१लक्ष्मण भण्डारी९८१८१८२०२०
०२१३९८०२हिमाल९८४९८१९४०४
०३१३९८०३दिपक सापकोटा९८५११५५४३६
०४१३९८०४देव खरेल९८१४९६६१६७
०५१३९८०५अंकित उपाध्याय९७४२३३३७९६
०६१३९८०६विरोध भण्डारी९८४२३७४७९६
०७१३९८०७सौरभ चौधरी९८४१६१००३४
०८१३९८०८विजय राई९८२५८०२१५८
०९१३९८०९सिता देवि कंडेल सापकोटा९८६९६३४७९९
१०१३९८१०नविन खनाल९८१३६०२१६४
१११३९८११चन्द्र प्रकाश गुप्ता९८१५२३६००७
१२१३९८१२राजेश खड्गी९८६२२७९३२२
१३१३९८१३चन्द्रमणी पाण्डे९८४८०८७७२४
१४१३९८१४प्रकाश पाठक ९८५११९६१३३
१५१३९८१५ आरती ढकाल ९८४१३९४९०८
१६१३९८१६श्रध्दा राई९८१८५५२२८६
१७१३९८१७दिया ओली९८०८०८५४१६
१८१३९८१८राम बहादुर भण्डारी९८२३६३८२०४
१९१३९८१९प्रियंका गुरुङ्ग९८४८८२६५०७
२०१३९८२०अशोक कुमार श्रेष्ठ ९८४८५६२७४४
२११३९८२१झलक रोकाया ९८६७७६९८९६
२२१३९८२२ न्ह्युजल कसा ९८१८७४४३३३
२३१३९८२३ ईश्वरी श्रेष्ठ ९८६५०१०५३८
२४१३९८२४ जानकी सिंह ९८५१०८०५१८
२५१३९८२५ राजकुमार सुवेडी ९८५१२०९५५०

सम्बन्धित समाचार

स्वः शरद कसाको सम्झनामा परिवारले गरे रक्तदान

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू