शिर मेमोरियल अस्पताल बनेपामा रक्तदान सम्पन्न


२०७८ चैत्र ४ गते शुक्रबार ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) को अह्वानमा Global Youth Day को अवसरमा बनेपा एस.डि.ए. युथको आयोजना, ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) काभ्रे शाखाको सहकार्यमा र शीर मेमोरियल एडभन्टिु्ट अस्पताल बनेपाको सहयोगमा अस्पताल कै प्राङ्गणमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

ब्लोदान काभ्रेका अध्यक्ष गणेश रंजित, ब्लोदान केन्द्रीय समिति सदस्य रोशना राजबंशी, बनेपा एस.डि.ए. युथका अध्यक्ष बिनोद दाहाल, शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालका निमित्त प्रमुख सुन्दर थापा लगायतको उपस्थित रहेको कार्यक्रममा २५ जना स्वयं सेवी रक्तदाता हरूले रक्तदान गर्नु भएको थियो। भने प्राविधीक सहयोग नेरेसो रक्तसंचार सेवा काभ्रेको रहेकाे थियो ।

रक्तदान गर्नुहुने रक्तदाताहरूमा अस्पतालका डाक्टर, नर्स, बिरामीका आफन्तहरू, एस.डि.ए. युथका युवा युवतीहरू लगायतका ब्यक्तिहरू थिए । जम्मा ३२ जनाले रक्तदान गर्न ईच्छा गरिए पनि २५ जना मात्र रक्तदान गर्नु भएको थियो भने बाकी सात जना स्वयंसेवी रक्तदाता स्वास्थ्यका बिविध कारणले रक्तदान गर्न सक्नु भएन ।

आयोजकले सबै रक्तदाता तथा रक्तदान जस्तो महान कार्यमा सहयोग पुर्याउनु हुने सबै आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरीएको ब्लोदान केन्द्रका सदस्य रोशना राजबंशीले जानकारी दिनु भयो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय विशेष कक्षा