सन नेपाल लाइफ इन्सुरेन्सको रक्तदान सम्पन्न


२०७९/आश्वीन/०६ गते । सन नेपाल लाइफ इन्सुरेन्स कर्पोरेट बजार विभाग, काठमाण्डौं शाखा र लगनखेल शाखाको संयुक्त आयोजना मा हिजो सम्पन्न रक्तदानमा २७ जना स्वयंसेवी रक्तदाताहरु सहभागी भइ रक्तदान गरेका थिए ।

संस्थाको पाचौ वार्षिक उत्सव तथा सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थाका महाप्रवन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सह-महाप्रवन्धक चुडामणि सुवेदी, गोगंबु शाखाका प्रमुख अर्जुन भेटवाल का साथै संस्थाका कर्मचारी, अभिकर्ता, विमित, सुभचिन्तक लगायतको उपस्थिति रहेको थियो भने संयोजन ब्लोदान केन्द्रका सदस्य कविन्द्र रिमालले गर्नु भएको थियो ।

यस्तै यस रक्तदान कार्यक्रममा प्राविधिक सहयोग हिमाल रक्तसंचार सेवा कमलपोखरीको रहेको थियो ।

यस कार्यक्रममा रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाता तथा सहयोगी संस्थाहरुलाइ आयोजकले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरीएको संयोजनकर्ता कविन्द्र रिमालले जानकारी दिनु भयो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू