निशुल्क रगत पाउने टोखावासी दोश्रो


ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)ले आफ्नो स्थापना कालदेखि उठाउदै आएको “रक्तदाताले निशुल्क रुपमा गरीएको रक्तदान विरामीलाइ विना स्वतभर्ना निशुल्क स्वस्थ रगत” आवाज टोखा नगरपालीकाले पुरा गरेको छ । बुधवार नै टोखा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाबीच टोखा नगरवासीले निःशुल्क रगत एवं रक्ततत्व पाउने गरी द्वीपक्षीय सम्झौता भएको छ ।

सो क्षेत्रका बासीन्दाले विरामीका लागी आवस्यक पर्ने रगतको परिक्षण शुल्क तथा त्यसमा लाग्ने आवस्यक सामाग्रीको अतिरिक्त शुल्क लाग्ने छैन ।

नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात (नागरिकता, मतदाता परिचय–पत्र ई) को प्रतिलिपिका आधारमा निःशुल्क रगतको सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यकामा स्थानीयवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सो नगरपालिका दोस्रो भएको छ । यस अगाडि कीर्तिपुर नगरपालिकाले गत मङ्सिर ७ गतेदेखि निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । टोखा नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङ्गोल र नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, केन्द्रीय रक्तसञ्चार सेवाका कार्यकारी निर्देशक दिव्यराज पौडेलका सेवा सञ्चालनसम्बन्धी सो द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सो अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन समझदारी भएको जानकारी दिनुभयो । नेरेसोका कार्यकारी निर्देशक ढकालले मानवीय सेवाका लागि नेरेसोले आफ्ना गतिविधि केन्द्रित गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रक्तदानका बारेमा थप सचेतना आवश्यक छ । यसका लागि पालिकाको अहम् भूमिका हुन्छ ।” केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पौडेलले भन्नुभयो, “सुलभ र निःशुल्क रगत उपलब्ध गराउन यो सम्झौता एउटा महत्वपूर्ण सुरुआत हो । अन्य स्थानीय निकायसँग पनि सहकार्य बढाउँदै लगिनेछ । रगतको सहज पहुँचका लागि उच्च प्राथमिकताका साथ काम गरिएको छ ।” रगत परीक्षण र सेवाशुल्कका लागि नगरपालिकाले पहिलो चरणमा चालु आवको रकमबाट रु पाँच लाख विनियोजन गरेको छ । सम्झौतामा रगतको आपूर्तिबमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई सोधभर्ना दिइने उल्लेख छ । त्यस्तै नगरपालिकाका हरेक वडाले वर्षका कम्तीमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् ।
श्रोत सगरमाथा पोष्ट

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू