रक्तदान उत्प्ररेणा सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न


मिति २०७९ कार्तिक १९ गते शनिबारका दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)- उत्प्रेरणा र तालिम समितीको आयोजनामा रक्तदान उत्प्ररेणा सम्बन्धी एक दिने प्रशिक्षकको लागि प्रशिक्षण Training of Trainers तालिम काठमाडौंमा सम्पन्न भयो ।

ब्लोदानको केन्द्रिय पदाधिकारी सदस्य, विभिन्न जिल्ला तथा क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु गरी ३० जनालाई प्रदान गरिएको सो तालिममा सहभागि सबैको सक्रियता रहेको थियो । सो तालिममा क्लिनिकल साइकोलोजिक्स राजकाजी महर्जनले ” उत्प्रेरणा के हो ? मनोभावना परिवर्तन, बाताबरण निर्माण र जागरण” विषयमा , नेरेसो, केन्द्रीय रक्तसंचार सेवा केन्द्रका निर्देशक दिव्यराज पौडेलले “रक्तदान क्षेत्रमा उत्प्रेरणा” विषयमा र कान्तिपुर रक्तसंचार सेवाका प्रमुख टिकाराम मण्डलले-“रक्त उत्प्रेरकले जान्नुपर्ने रक्ततत्व र प्रयोग” तालिम दिनुभएको थियो ।

विहान ८ बजे देखि सान्झ ५ बजे सम्म ब्लोदानका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक उज्वल के. सी.को संयोजनमा संचालित कार्यक्रममा केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठले सहभागीहरुलाई मनोरञ्जन गराउनु भएको थियो । त्यस्तै रक्त अभियन्ता स्वेता श्रेष्ठले आफु यो रक्तदानको क्षेत्रमा कसरी उत्प्रेरित भएँ भन्ने बारे आफ्नो अनुभव बाड्दै त्यसमा भएका कठिनाई तथा अवसरहरुबारे बताउनु भएको थियो भने नेरेसो, धादिङ्ग जिल्ला शाखाका उप सभापति नारायण श्रेष्ठले त्यस उपशाखाबाट रक्तदानको क्षेत्रमा गर्दै आइरहेका गतिविधिहरुका साथै रगत व्यवस्थापन कसरी गर्नु पर्छ भन्ने बारे अनुभव बताउनु भएको थियो ।

सहभागी तर्फबाट ब्लोदान काठमाडौं जिल्ला समिति उपाध्यक्ष तिलक अधिकारीले कार्यक्रम धेरै महत्वपुर्ण र सफल भएको बताउनु भयो । ब्लोदानका केन्द्रीय उपाध्यक्ष राजेश श्रेष्ठले कार्यक्रमको समिक्षा, उपलब्धी तथा मुल्याङ्कन सहितको आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अन्तमा तालिममा सहभागीहरु सबैलाई प्रमाणपत्र प्रदान गर्दै ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसि व्यक्त गर्दै सहभागीहरु लगायत ब्लोदान उत्प्रेरणा र तालिम समितिलाई धन्यवाद दिनु भएको थियो । सहभागी सबैले आगामी दिनमा प्रशिक्षकको लागि प्रशिक्षण तालिमबाट आफुले सिकेका तथा जानेका विषयमा आ–आफ्नो क्षेत्रमा रक्तदान उत्प्रेरणाका विभिन्न कार्यक्रम सन्चालन गर्ने ब्यक्तिगत र सामुहिक प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भएको थियो ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू