विश्व रक्तदाता दिवस भव्यताका साथ मनाईने


ब्लड डोनर्स एशोसियशन नेपाल  (ब्लोदान) ले  सन २००४ देखि निरन्तर रुपमा मनाउदै आएको विश्व रक्तदाता दिवस भव्यताका साथ मनाउने भएको छ । हरेक वर्ष जुन १४ तारिखका दिन मनाउदै आएको यस दिवस साताव्यापी कार्यक्रम गरी यो वर्ष जेठ ३२ गते समापन गर्ने निर्णय गरेको छ ।

हरेक वर्ष झै यो वर्ष पनि रगत तथा रक्तदान गर्ने विभिन्न संघ संस्था तथा स्वंयसेवी रक्तदाताहरुलाइ रनिङ्ग सिल्ड लगायत विभिन्न समूहका पीनहरु प्रदान गरीने समेत जनाइएको छ ।

निम्न अनुसार रक्तदान गर्नु हुने महानुभावहरुलाइ पटकको आधारमा डोनर पीन प्रदान गरिनेछ । यसको लागी स्वंयसेवी रक्तदाताहरुले ब्लोदानले तोकेको मिति २०८१ साल जेठ २९ गते भित्र ब्लोदानको कार्यालयमा आवस्यक कागजपत्र सहित पेश गर्नु पर्ने छ ।

सि.नं.

समूह

पीनका प्रकार

स्वंयसेवी रक्तदाता

डायमण्ड डोनर पीन

गोल्डन डोनर पीन

सिल्भर डोनर पीन

१. पुरुष १०० पटक ५० पटक २५ पटक
२. महिला ५० पटक २५ पटक १० पटक
३. नेगेटीभ ५० पटक २५ पटक १० पटक

त्यस्तै जुन १५ २०२३ देखि जुन १३ २०२४ सम्म रक्तदान तथा रक्त तत्व सम्बन्धी कार्यक्रम गर्ने विभिन्न संघ संस्थाहरुलाइ रनिङ्ग सिल्ड तथा प्रमाणपत्र पदान गरी सम्मान गरिने छ । भने साता व्यापी कार्यक्रम अन्तर्गत रक्तदान सम्बन्धी जनचेतना र्याली तथा निवन्ध प्रतियोगीताहरु समेत संचालन गरिने छन

रनिङ्ग सिल्ड प्रदान गरिने विधाहरु

सिं.नं.

रनिङ्ग शील्डको प्रकार

१. बढी महिला रक्तदाताहरु सहभागी भएको संघ संस्था
२. बढी युनिट रगत संकलन गर्ने संघ संस्था (पहिलो)
३. बढी युनिट रगत संकलन गर्ने संघ संस्था (दोश्रो)
४. बढी युनिट रगत संकलन गर्ने संघ संस्था (तेश्रो)
५. अन्तर्राष्ट्रिय संस्था संग आवध्द संस्थाहरु मध्ये बढी युनिट रगत संकलन गर्ने संघ संस्था
६. सरकारी कार्यालय/ संस्थान तथा बैंकहरु मध्ये बढी युनिट रगत संकलन गर्ने संघ संस्था
७. पर्यटन क्षेत्रसंग आवध्द संस्थाहरु मध्ये बढी युनिट रगत संकलन गर्ने संघ संस्था
८. नेपाल रेडक्रस सोसाईटी मध्ये बढी युनिट रगत संकलन गर्ने जिल्ला शाखा
९. वर्षभरिमा धेरैपटक रक्तदान कार्यक्रम आयोजना गर्ने संस्था (न्यूनतम २५ युनिट रगत संकलन भएको)
१०. सहकारी संस्थाहरु मध्ये बढी युनिट रगत संकलन गर्ने संघ संस्था
११. शैक्षिक संस्थाहरु मध्ये बढी युनिट रगत संकलन गर्ने संघ संस्था
१२. धार्मिक संस्थाहरु मध्ये बढी युनिट रगत संकलन गर्ने संघ संस्था

विश्व रक्तदाता दिवस का अवसरमा साताव्यापी कार्यक्रमगरी मनाइने भएकाले सफलतापुर्वक सम्पन्न गर्नकालागी स्वंयसेवी रक्तदाता, रगत र रक्त तत्व सम्बन्धी कार्य गर्ने सबै संघ संस्थालाइ ब्लोदानले आह्वान समेत गरेको छ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय कक्षा