कोटेश्वर चोक देखि महादेवस्थान सम्म जनचेतनामुलक प्रभातफेरी सम्पन्न


काठमाडौं,२५ जेठ । ब्लड डोनर्स एसोशियसन नेपाल ( ब्लोदान ) काठमाण्डौ जिल्ला शाखा र पुर्वि भेगीय क्षेत्र कोटेश्वर र लायन्स क्लवको संयुक्त आयोजनामा विश्व रक्तदाता दिवस २०८० को उपलक्षमा रक्तदान जनचेतना र्याली तथा प्रभातफेरी कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।

ब्लोदानको आह्वानमा आयोजित उक्त कार्यक्रममा ब्लोदान केन्द्रका अध्यक्ष लगायत पदाधीकारीहरु, काठमाण्डौं जिल्लाका अध्यक्ष लगायत पदाधीकारीहरु, मध्य क्षेत्रका अध्यक्ष लगायत पदाधीकारीहरु, पूर्वि भेगिय क्षेत्रका अध्यक्ष लगायत पदाधीकारीहरुका, लायन्स क्लवका डिक्स्ट्रीट गभर्नर डा. राजेन्द्र गिरी लगायत पदाधीकारी, सामुदायीक प्रहरी तथा कोटेश्वर प्रहरी प्रभागका प्रहरी लगायत स्वंयसेवी रक्तदाताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम निर्धारित समय भन्दा केही समय पछाडी अर्थात विहान ७ बजे शुरु भएको थियो । यस र्यालीका प्रमुख अतिथि बाग्मती प्रदेश सभासद श्री सुनिल केसी रहनु भएको थियो भने विशेष अतिथिहरुमा ब्लोदानका केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापति तथा लायन्स क्लवका डिक्स्ट्रीट अध्यक्ष रहनु भएको थियो । कार्यक्रमको उद्घाटन तिनै जना अतिथिहरुले संयुक्त रुपमा रिवन काटी सुभारम्भ भएको थियो ।

र्याली कोटेश्वर प्रहरी प्रभाग बाट शुरु भइ सेती ओपी मार्ग हुदै धर्मस्थल मार्ग सहयोगीनगर मदनभण्डारी पार्क हुदै कोटेश्वर महादेव मन्दिरमा पुगी समापन भएको थियो ।

समापन कार्यक्रमको अध्यक्षता ब्लोदान पूर्विभेगीय क्षेत्रका अध्यक्ष श्री चेतनाथ काफ्लेले गर्नु भएको थियो भने स्वागत मन्तव्य ब्लोदान काठमाण्डौ जिल्ला शाखाका अध्यक्ष श्री जनक कुमार खड्काले दिनु भयो ।

सोही कार्यक्रममा बोल्दै लायन्स क्लवका डिक्स्ट्रीट गभर्नरले लायन्स क्लवले पनि रक्तदानका क्षेत्रमा ब्लोदान जस्तो परोपकारी संस्थासंग सहकार्य गर्दै रक्तदानका कार्यहरु गर्दै आएको तथा आगामी दिनमा पनि गर्दै जाने बताउनु भयो भने विशेष अतिथि ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले ब्लोदानको संक्षीप्त भूमिका र विश्व रक्तदाता दिवस २०८० का अवसरमा ब्लोदानका साताव्यापी कार्यक्रमका बारेमा जानकारी दिनु भयो । त्यस्तै प्रमुख अतिथि सभासद सुनिल केसीले आफु स्वयं स्वंयसेवी रक्तदाता भएको र रक्तदानका क्षेत्रमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रमका सभापति श्री चेतनाथ काफ्ले ज्यूले ब्लोदानले विश्व रक्तदाता दिवसका अवसरमा तय गरेका कार्यक्रमहरु सफल पारौ भन्दै कार्यक्रमको विसर्जन गर्नु भयो ।

ब्लोदानको साताव्यापी कार्यक्रम अन्तर्गत भोली दिनको ठिक तिन बजे प्रशुती गृह थापाथलीमा स्वंयसेवी रक्तदान : रगत व्यवस्थापनका कठिनाइ तथा चुनौती विषयमा अन्तकृया कार्यक्रम रहेको छ । सबैलाइ उपस्थितिको लागी आह्वान गरीएको छ ।

सम्बन्धित समाचारहरु

विश्व रक्तदाता दिवस २०८० को अवसरमा ब्लड सचेतना र्याली सम्पन्न

विश्व रक्तदाता दिवसरमा जनचेतनामुलक प्रभातफेरी सम्पन्न

विश्व रक्तदाता दिवसमा जनचेतना

नियमित रुपमा रगत तथ प्लाज्मा दान गरौं जीवन बचाउने कार्यमा हातेमालो गरौ -याली काठमाडौ कोटेश्वर 2080 (भिडियो समाचार)

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू